संसार जित्ने राजा…’ बोलको गीतमा सत्यसँगै बाल कलाकार सङ्गीतको पनि अभिनय देखिन्छ । सङ्गीत सात वर्ष पूरा भएको अवसरमा जन्मदिनको शुभकामना स्वरूप सत्यले यो गीत सार्वजनिक गरेको बताएका छन् ।

सत्यराजको स्वर रहेको गीतमा युग यमनको शब्द तथा सङ्गीत रहेको छ । भिडियो निर्देशन सत्यराज आचार्य स्वयंले गरेका हुन् । गीतले प्रेमिल जोडी र सन्तान जन्मिन लाग्दाको खुसीसँगै सन्तान प्राप्तीसँगै जीवनसाथी गुमाउनुपर्दाको पीडालाई उजागर गरेको छ । आमाको भूमिकामा मलिना ठकुरीलाई देख्न सकिने छ ।

सङ्गीतको यो पहिलो म्युजिक भिडियो हो । तर यस अघि, सङ्गीतले (सत्य–स्वरूप) को गीत ‘माया’ मा उसको दादा सरगमराज आचार्यसँग विशेष बालकालकारको रूपमा अभिनय गरिसकेको सत्यले  बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here