@अर्जुन प्रधान
काठमाडौंमा सम्पन्न सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ मा वरिष्ठ गीतकार खेमनाथ दाहाल सगरमाथा संगीत सम्मानबाट सम्मानित भएका छन्। नेपाली गीत–संगीत क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
अर्थ नेपाल प्रालिको आयोजनामा “नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने नारासहित राष्ट्रिय नाचघर, जमलमा अवार्ड भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा देशका विभिन्न क्षेत्रका चर्चित स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा लगायत विशिष्ट व्यक्तित्वहरूले खेमनाथ दाहाललाई सम्मान प्रदान गरेका थिए। उहाँसँगै अन्य विभिन्न विधाका कलाकार, पत्रकार र समाजसेवीहरू पनि सम्मानित भएका थिए।
गीतकार दाहालको यो सम्मानलाई नेपाली संगीत क्षेत्रमा उहाँले गरेको लामो समयको साधना, सिर्जना र योगदानको कदरका रूपमा हेरिएको छ। उहाँका गीतहरूले नेपाली संगीतलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो भने विभिन्न वित्तीय संस्था तथा कम्पनीहरूको प्रायोजन रहेको थियो।
अवार्डका विजेताहरु
१. सर्वोत्कृष्ट चलचित्र गायन
बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)
२. सर्वोत्कृष्ट चलचित्र गीतकार
ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी)
३. सर्वोत्कृष्ट चलचित्र संगीतकार
आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. सर्वोत्कृष्ट पप/ आधुनिक गायक
सिडी विजय अधिकारी– सोल्टीनी
५. सर्वोत्कृष्ट पप/आधुनिक गायक (पब्लिक च्वाइस)
रुद्र शेखर शर्मा – के छ ओई सान्नानी
६. सर्वोत्कृष्ट पप/ आधुनिक गायिका
निता आचार्य – ताँते गर्दै
७. सर्वोत्कृष्ट पप/ आधुनिक गीतकार
डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं
८, सर्वोत्कृष्ट पप/ आधुनिक गीतकार (जुरी)
रोहन पौडेल(जनक) – जेल पनि सहुँला
९. सर्वोत्कृष्ट पप/ आधुनिक संगीतकार
जीवन शर्मा – निर्वाध मन
१०. सर्वोत्कृष्ट बाद्यवादन
१. सुरेन लामा
११, सर्वोत्कृष्ट पप/आधुनिक मोडल महिला
सुजिना गोले – कति माया गर्छु तिमीलाई
१२, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल महिला (जुरी)
प्रतिक्षा काफ्ले – औधी मन पराए
१३, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल पुरुष
बादल घिमिरे – हारी सके
१४ सर्वोत्कृष्ट पप/ आधुनिक मोडल पुरुष (जुरी)
प्रज्वलराज भट्ट – औधी मन पराए
१५, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
निरम कुमार शाही – उखुमै बनायो
१६, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
कला गुरुङ – घरबारे माया
१७, सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द
रोशन रेग्मी– ए बा हो मलाई
१८, सर्वोत्कृष्ट लोक तथा दोहोरी लय
रोशन सिंह – अरे आम्मै मरे
१९,सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला
अस्मिता जुरेली – बुझेन मायाले प्यार गरेको
२०, सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष
कैलाश कठायत – ईत्ती माया
२१, सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष (जुरी)
सहिन प्रजापति – मलाई त्यहि बानी मन पर्छ
२२, सर्वोत्कृष्ट कोरियोग्राफी (लोक दोहोरी)
१, सन्दीप भुजेल – काँचो रानी बेल
२३, सर्वोत्कृष्ट कोरियोग्राफी (पप/आधुनिक)
राहुल शाह – किस किस
२४, सर्वोत्कृष्ट सर्बोत्कृष्ट नव गायन
२, मदन बम –तिमी मेरो हौं
२५, सर्वोत्कृष्ट नव मोडल (लोकपप)
३,सहिस्मा खड्का –जेनतेन चलिराछ
२६, सर्वोत्कृष्ट नव मोडल (आधुनिक)
अनिसा अधिकारी– लेखान्त कल्पना नै नगरेको
२७,सर्वोत्कृष्ट पप-आधुनिक नव मोडल (जुरी)
गिता पन्थी – मिठा मिठा मनका कुरा
२८, सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल
आशिका घिमिरे – चिसो चिसोमा
२९, सर्वोत्कृष्ट बाल प्रतिभा गायन (महिला)
परिधि खतिवडा – घरकी फुलबारी
३०, सर्वोत्कृष्ट बाल प्रतिभा गायन (पुरुष)
आर्यन पाण्डे– मेरो अनुरोधमा
३१, सर्वोत्कृष्ट बाल प्रतिभा अभिनय
प्रिन्स बम – लागु औषध विरुद्ध महा अभियान
३२, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
महेश महरा –तिम्रै माया लाग्छ
३३, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
कल्पेश विश्वकर्मा – साथ दिने मान्छे यस्तो होस
३४, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
प्रविण थापा– अरे आम्मै मरे












