भ्वाईस अफ नेपाल पहिलो सिजनका बिजेता सिडि बिजय अधिकारीको आवाजमा रहेको बा मेरा बा बोलको गित सार्वजनिक

0
75

भदौ २२/
भ्वाईस अफ नेपाल पहिलो सिजनका बिजेता सिडि बिजय अधिकारीको आवाजमा रहेको बा मेरा बा बोलको गित बुबाको मुख हेर्नेदिनको साईत पारेर सार्वजनिक गरिएको छ । डा. ऋषि बस्ताकोटीका शब्द रहेको गितमा खेम विश्वकर्माको संगित रहेको छ भने पुष्कर विश्वकर्माको संगित सम्योजन रहेको छ ।
गितमा आफ्ना सन्तानलाई असल नागरिक बनाउनका लागी बुबाहरुले गरेको संघर्ष र दुखःलाई प्रस्तुत गरिएको छ । त्यसैगरी आफुलाई सत्मार्गमा हिँडाउन र सफल बन्न बा ले दिएको अर्ति उपदेशलाई छोराले स्मरण गरी गितका रुपमा प्रस्तुत गरिएको छ ।
गित संसै गितको लिरिकल भिडियो पनि युट्युव मार्पmत सार्वजनिक गरिएको छ । नेपाली परम्परा अनुसार बुबाको मुख हेर्ने दिन गित सार्वजनिक गरेर आफुले सम्पुर्ण बुबाहरुमा यो गित समर्पण गरेको गितका गायक अधिकारीले बताउनु भयो । गित सार्वजनिक भएको यो दुई दिनको अवधिमै सामाजिक सञ्जालमा पाएको हौसला र प्रतिक्रियाले आफुलाई उत्साहित बनाएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here