अर्जुन प्रधान
टेलिसिरियल छिमेकी प्रसारण हुँदै आएको गरिमा अनलाइन युट्युब च्यानल सोमबार बिहान करिब १ बजे ह्याक भएको छ।
च्यानलका प्रोपाइटर सुमन कुरुमबाङ आफ्नो फेसबुकमार्फत ह्याकिङको जानकारी दिँदै घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले लेखेका छन्, “भाइ, तिमीले केवल भाडा–वर्तन चोरेर मख्ख परेको छौ तर बौद्धिकता चोरेर देखाऊ। Wait and see …”

त्यस्तै हाम्रो छिमेकी का लेखक तथा निर्देशक दिलीप राखालीले छोटो भिडियोमार्फत यो घटनाले सिर्जनशील यात्रामा ठूलो धक्का पुगेको भन्दै दर्शकलाई धैर्य गर्न आग्रह गरेका छन्।
https://www.facebook.com/share/v/12EtoF9nSNF/?mibextid=wwXIfr
हाल सो च्यानलमा करिब १०.४ हजार सब्स्क्राइबर छन्। भर्खरै मात्र मोनेटाइजेसन सुरु भएको अवस्थामा अचानक ह्याक भएपछि नियमित रूपमा छिमेकी हेर्दै आएका दर्शक निराश बनेका छन्।

सामाजिक सञ्जालमा शुभेच्छुकहरूले घटनाप्रति दुःख व्यक्त गर्दै युट्युब र सरोकारवालाले छिट्टै च्यानल पुनः प्राप्त गर्न सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्।











