अमेरिकाको ओहायोमा आगलागी, पाँच नेपाली भाषी भूटानीको मृत्यु

0
503

भाद्र २९, २०७८ | ग्लोबल पोष्टइन्फो
अमेरिकाको ओहायोस्थित एक्रोनमा आइतबार भएको आगलागीबाट ५ जना नेपालीभाषी भूटानीहरूले ज्यान गुमाएका छन् । आगलागीबाट ज्यान गुमाउनेमा तीनजना बालबालिका समेत रहेका स्थानिय प्रहरी अधिकारीहरूले जनाएका छन् । आगलागीमा परेर उक्त घरमा रहेका अन्य ४ जना घाइते भएका छन् । घाइतेहरूको एक्रोनकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै घाइते सर्वजीत सुब्बासहित सबैको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

आगलागीमा परेको घर

घरमा आगोको ठूलो ज्वाला देखेपछि छिमेकीहरू दौडिएर पुगेका थिए । त्यसपछि तत्कालै उद्धारकर्मीहरूलाई बोलाएर उद्धार थालिएको थियो । यो आगलागीमा ज्यान गुमाउनेहरूमा ५ वर्षीय, ११ वर्षीय र १६ वर्षीय बालबालिका छन् । ज्यान गुमाउने अन्य दुईजनामा ६० वर्षीय पुरुष र ४८ वर्षीया महिला पनि रहेका छन् । 

कसरी आगलागी भयो भन्ने जिज्ञासा राख्दा, पिडित परिवारको निकट आफन्त सुकमान सुब्बाले भने “ठ्याक्कै आगलागी कसरी हुनपुग्यो थाहा भएन, सिगरेटको ठुटा वा त्यस्तै केही हुनसक्छ तर आगलागी भने घर भित्रबाट नभएर बाहिरबाट भएको भन्ने कुरा पुष्टी हुन्छ |”

घर सहित बिजुलीका तारहरूमा समेत आगोलागी भएकोले नियन्त्रणमा लिन कठिनाई भएको थियो । स्थनिय अधिकारी क्रिस्टीन फाउलर म्यकका अनुसार आगोलागीमा परि एक बालक सहित अन्य तिन जना घाईते भएको र उनिहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको अधिकारीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here