अर्जुन प्रधान
पछिल्लो केही हप्तादेखि विभिन्न शहर तथा राज्यहरूमा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) ले समुदायका सदस्यहरूलाई पक्राउ गरिरहेको छ। यसले नेपालीभाषी भूटानी समुदायमा भय र अन्योलको वातावरण सिर्जना गरेको छ।
यस परिस्थितिमा सामूहिक प्रतिक्रिया दिनु र प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्याउनु अहिलेको मुख्य प्राथमिकता बनेको छ। यसै सन्दर्भमा, ३७औं SUB स्थापना दिवसका आयोजकहरूले पनि स्थिति गम्भीर भएकाले विशेष निर्णय लिएको विश्वनाथ क्षेत्रीले जानकारी दिनुभएको छ।
भूटान विद्यार्थी संघ (Student Union of Bhutan), १९८८ मार्च २३ मा स्थापना भएको भूटानभित्र गठन भएको एकमात्र संगठन हो। यस संघले भूटानी समुदायको अधिकारका लागि आवाज उठाउने, संस्कृतिको संरक्षण गर्ने र मानव अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै, ३७औं SUB दिवसको प्रत्यक्ष (इन-पर्सन) कार्यक्रम मार्च २३, २०२५ का लागि स्थगित गरिएको छ। आयोजकहरूले यस ऐतिहासिक दिनको महत्त्वलाई जोगाइराख्न वैकल्पिक विकल्पहरू खोजिरहेको क्षेत्रीले ग्लोबल पोस्ट का सम्पादक अर्जुन प्रधानलाई जानकारी गराएका छन्।
यसै कारण, ओहायोको रेयनल्ड्सबर्गमा कुनै पनि प्रत्यक्ष भेला आयोजना गरिने छैन। समुदायका सबै सदस्यहरूलाई SUB को फेसबुक पेजमार्फत सम्पर्कमा रहन आग्रह गरिएको छ।
कुनै पनि जानकारी चाहिएमा कृपया फेसबुकमार्फत सम्पर्क गर्नु होला।https://www.facebook.com/share/15kvQAwMwr/?mibextid=wwXIfr