अर्जुन प्रधान, अमेरिका
आगामी सेप्टेम्बर १३ मा हुने हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी विशेष जानकारी दिन हिमालयन तेक्वान्दोका सिइओ तथा मास्टर नकुल शर्माले आइताबार एक पत्रकार सम्मेलनको आयोजना गरे।
उक्त प्रतियोगिताका लागि सेप्टेम्बर २ सम्ममा खेलाडीहरूले दर्ता गरिसक्नुपर्ने जानकारी दिँदै, प्रत्येक खेलाडीले स्पेरिङ, पुम्से र बोर्ड ब्रेकिङ मध्ये दुई विधामा प्रतिस्पर्धा गर्न पाउने जानकारी गराइयो। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिने योजना समेत रहेको छ।

पत्रकार सम्मेलनमा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशब बैरागी माइलोको विशेष आतिथ्य,साथै सोम तिम्सिना, टिका बस्नेत, राम अधिकारी, ओम बिस्ट लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अभिभावक तथा खेलाडीहरूको पनि उल्लेखनीय सहभागिता रह्यो।
हिमालयन तेक्वान्दोले करिब ५०० खेलाडी सहभागी हुने अनुमान गरेको छ। प्रतियोगिता बिहान ९:०० बजेदेखि साँझ ६:०० बजे सम्म संचालन हुनेछ। खेलकुद स्थल 1125 Park Drive Palmyra 17078 PA तोकिएको छ।
हिमालयन तेक्वान्दो स्कुल नेपाली भाषी भूटानी समुदायद्वारा पेन्सलभेनिया राज्यमा स्थापना गरिएको पहिलो तेक्वान्दो स्कुल हो। सन् २०१८ मा स्थापना भएको यो स्कुलबाट अहिलेसम्म ५ दर्जन ब्ल्याक बेल्ट प्राप्त खेलाडीहरू उत्पादन भइसकेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा थुप्रै गोल्ड मेडल जितिसकेको यस स्कुलले सामाजिक सद्भाव र सहयोगका कार्यक्रमहरूमा समेत सक्रिय भूमिका खेल्दै आएको छ।

(तस्बिर र समचार हिमालयन तेक्वान्दोकाबाट प्रप्ता भएको हो । समचार साभार गर्नु भन्दा अलिक अगाडि सम्पर्क गर्नु होला ।)