यहि नोभेम्बर २० तारीकको दिन ओमाहा, नेब्रास्कामा भएको वि.भू.सा.स. संगोष्ठी २०२१ मा आफ्नो तेस्रो कृति प्रकाशन गरेका प्रीय सर्जक पतले अन्तरेलाई डा.टंक प्रसाद आचार्यको प्रमुख आतिथ्यमा जी.बी.एल्.ओ. अध्यक्ष र सम्पूर्ण संस्थाको तर्फबाट “स्वीकारोक्ति हिरो २०२१” ले सम्मान गरीएको छ|

बिगत लामो समयदेखि स्वीकारोक्ति अभियानका अभियान्ता समेत रहेका पातलो अन्तरेले स्वीकारोक्ति सिद्धांत र यसको प्रमुख अनि पहिचान रंग ‘हरियो’ लाई आत्मासाथ गरेर अघि बडीरहेको हुनाले उहाँलाई यो सम्मान गरीएको यस सिद्धांतका प्रतिपादक समेत रहेका श्री डेन्जोम साम्पाङले बताउनुभयो|

यस अभियानले समाजमा सकारात्मक सोचको विकास भएको बताउँछन् यसै संस्थाका अध्यक्ष श्री कर्ण गुरुङग पातलो अन्तरे एक कुशल लेखक र संगीत साधक पनि हुन| उनको पहिलो गजल कृति “अन्तरे”, दोस्रो गजल कृति “अक्षर” र भर्खर प्रकाशित कृति “अनुहारभित्रको ऐना” तेस्रो हो|

स्वीकारोक्ति हिरो २०२१” ले सम्मान. फोटो : कर्ण गुरुँङ्ग

यहाँहरुले पातलो अन्तरेलाई टिक-टक , यूट्यूब र फ़ेसबुक जस्ता सामाजीक संजालहरूमा समेत भेट्न सक्नुहुन्छ| विशेष गरी वहाँको सम्मान भिडीयो कर्ण गुरुङको र GBLO को टिक-टक मा समेत भाईरल भैरहेको छ| वहाँले आफ्नो फेसबुकको वालमा समेत राखिसक्नुभएको छ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here