‘अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

0
13

अर्जुन प्रधान

झापा, साउन १६।  कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसन को संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा स्वीकारोक्ति दर्शन, साहित्य र सामाजिक रूपान्तरणका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसी ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा स्वीकारोक्ति फाउन्डेसनका केन्द्रीय अध्यक्ष तथा स्वीकारोक्ति दर्शनका प्रवर्द्धक डेन्जोम साम्पाङ सहभागी हुनुभएको थियो। अध्यक्ष खुसीले डाइनामिक ग्रुप नेपालको दशक लामो यात्रा तथा कला, भाषा, साहित्य र संस्कृतिको संरक्षणमा संस्थाले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो।

प्रमुख अतिथि साम्पाङले स्वीकारोक्ति दर्शन, आत्मस्वीकार र शान्तिपूर्ण समाज निर्माणका विषयमा आफ्नो धारणा राख्दै, “हामीले अस्तित्वलाई स्वीकार्नु भनेका हौँ, तर अन्यायलाई होइन,” भन्नुभयो। उहाँले थप्दै, “हामीले विचारमा समानता खोजेका होइनौँ। मानव मूल्य, मानवीय पीडा, संवेदना र आधारभूत अधिकारमा समानता खोजेका हौँ। सम्पूर्ण अस्तित्वले न्यायिक सम्बोधन पाओस् भन्ने अभियानमा छौँ,” भन्नुभयो। कार्यक्रममा राधा रिमाल अधिकारी ले स्वागत कविता प्रस्तुत गर्नुभएको थियो भने सञ्जय शिवाकोटी र निरज पोख्रेल ले गीत प्रस्तुत गर्नुभएको थियो। भगवती ढुङ्गेल, टिका भट्टराई नेपाल, पिताम्बर अधिकारी र अभागी थेगुवा ले रचना वाचन गर्नुभएको थियो। विशेष अतिथिका रूपमा विश्व नेपाली साहित्य महासङ्घका निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेन्द्र लिम्बु प्रदेशी तथा कोशी प्रदेश प्रमुख प्रेस सल्लाहकार देवेन्द्र खापुङ ले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन गजलकार रश्मि असफल ले गर्नुभएको थियो।

यसैबीच, काठमाडौंमा आयोजित विशेष समारोहमा वरिष्ठ साहित्यकार, कवि तथा मुन्धुम संस्कृतिविद् वैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई रु ६ लाख राशिको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गरिएको छ। विश्व भुटानी साहित्य सङ्गठनको छैटौँ अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको घोषणाअनुसार स्वीकारोक्ति फाउन्डेसनले उक्त पुरस्कार समर्पण गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here