४२९ जना भुटानी शरणार्थीहरुलाई परिचयपत्र वितरण गर्ने सरकारको तयारी

0
550

मंसिर २०/
गृह मन्त्रालयले नेपालमा रहेका करिब साढे चारसय भुटानी शरणार्थीलाई परिचयपत्र दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । यसअघि प्रमाणीकरण गरिएका भुटानी शरणार्थीलाई परिचयपत्र दिनेसम्बन्धी प्रस्ताव पाँच दिनअघि मन्त्रिपरिषद्मा पठाइएको गृह मन्त्रालयका अधिकारीहरुले बताए ।
मन्त्रिपरिषद्को स्वीकृतीपछि प्रमाणीकरण गरिएका कूल ४२९ जना भुटानी शरणार्थीले परिचयपत्र पाउनेछन् । मन्त्रिपरिषद्बाट प्रस्ताव अनुमोदन भएपछि उनीहरुलाई परिचयपत्र दिने प्रक्रिया अघि बढ्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले बताउनु भयो ।
परिचयपत्र पाएपछि भुटानी शरणार्थीलाई नेपालमा बैंक खाता खोल्न, शिक्षा पाउन तथा व्यापार गर्न बाटो खुल्नेछ । दुई वर्षअघि नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालयले संयुक्तरुपमा भुटानी शरणार्थीको प्रमाणीकरण गरेका थिए । प्रमाणीकरणमा ४२९ भुटानी शरणार्थी परेका थिए ।
गृह मन्त्रालयले तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा एक कार्यदल बनाएर भुटानी शरणार्थीबारे अध्ययन गरेको थियो । त्यहि कार्यदलको प्रतिवेदनलाई आधार मानेर अहिले भुटानी शरणार्थीलाई परिचयपत्र दिने काम अघि बढ्न लागेको गृह प्रवक्ता पोखरेलले जानकारी दिनुभायो ।
तेश्रो देश पुनर्वास अन्र्तगत १ लाख १३ हजार भुटानी शरणार्थी अमेरिका लगायत पश्चिमा मुलुकमा पुनर्स्थापित भएपनि नेपालमा अझै ६ हजार भन्दा बढी भुटानी शरणार्थी छन् । झापाको दमकस्थित बेलडाँगी र मोरङको शनिश्चरेस्थित क्याम्पमा उनीहरुलाई राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here