कसरी देशबाट निकालिएँ?

0
1269
माया भट्टराई


 

    कविता
म आज भन्छु
देशबाट निकालिनुको कथा
‘हो म एक अपराधी भएँ
ठहरिएँ र लखेटिएँ
आफ्नै जन्मभूमिको काखबाट,
कस्तो अपराध भन्नुहुन्छ भने,
प्रेमको अपराध…
हो,
मैले एक
उच्च स्तरिय
राजपरिवारको केटालाई मन पराएकी थिएँ
तर
म जस्तो एक सामान्य परिवारकी,
गरीबी र निच बर्गकाले
यति ठूलो राज खानदानी परिवारसंग प्रेम गर्नु
बैबाहिक सम्बन्ध राख्नु भनेको
महाअपराध हो अरे,
र त म
त्यै मेरो फल्न फुल्न नपाउँदै,
भर्खर टुसाउँन थालेको प्रेमकथाले गर्दा नै
नव बिरूवामै देशबाट निकालिनु
पर्‍यो,
र आजसम्म जन्मभूमिको काखबाट अलग्गै छु..
सायदै अब भेट नहोला हाम्रो,
तर
यो मनमा प्रेम उत्तिकै छ उ प्रति,
अब त म अर्कै देशको नागरिक भैसके,
अब यहीको मायामा रमाउन सिक्दैछु,
तर पनि
कहिलेकाही मेरो बालप्रेमकथाले झस्काइदिन्छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here