युगाण्डामा बीबीसीका पत्रकार बन्धक

0
713
तस्बिरःबीबीसी ।

२५ माघ, काठमाण्डौ । युगाण्डाको राजधानी कम्पालामा बीबीसीका पत्रकारहरूको एउटा टोलीलाई प्रहरीले बन्धक बनाएको खुलासा भएको छ । सरकारी औषधिका अवैध खरीदबारे अनुसन्धानमा क्रियाशील पत्रकारहरुलाई प्रहरीले  बुधबार राति बन्धक बनाएको बीबीसीले जनाएको छ । युगाण्डाको सरकारी प्रवक्ताले तिनको तत्काल रिहाइका लागि माग गरेको रोयटर्सले उल्लेख गरेको छ । “उनीहरूलाई पक्राउ गर्नुका पछाडि प्रहरीको तर्क मैले बुझ्न सकेको छैन। मलाई लाग्छ ती पत्रकारले त सरकारलाई यी प्रणालीमा रहेका खराबी पत्ता लगाउन सघाउ नै पुर्‍याइ रहेका थिए,” सरकारी प्रवक्ता अफवोनो अपोण्डोले रोयटर्सलाई बताए। “तिनलाई निशर्त रिहा गरिनुपर्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here