बर्षा र हिमपातपछि मौसम सुधारोन्मुख ( भिडियोसहित)

0
829

२६ माघ, काठमाडौँ   तीन दिनदेखिको लगातारको वर्षा र हिमपातपछि मुलुकभरको मौसम सुधारोन्मुख भएको छ । आइतबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने जल तथा मौसम पूर्बानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिनभरजसो काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ । काठमाडौँमा २१.५ मिलिमिटर भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, वीराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ ।  राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाड हिउले ढकमक्क भएका थिए । नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले तीन दिनदेखि बर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको हो । बाक्लो हिमपात भएपछि सर्वसाधारण हिममा रमेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here