कविता

0
1907
छत्र
कबि – छत्र दंगाल

“स्वीकारोक्तिमा साहित्य”

अरुको अस्तित्वमा सह-अस्तित्व खोज्दै स्वअस्तित्वको सन्देश छर्ने
अरुको नजरको परजिवी त्यो
सुनगाभा बन्नु छ तिमीले
अझ म त भन्छु तिमी
पहिचानमा टाँसीएको सुनगाभा बन
सप्तरंगी सर्वप्रिय।
मयुरको कल्कि बन, मनमोहक
हिलोको कमल बन, पवित्र
गुराँस र पलाँसमा एउटै सौन्दर्य भेटिदेउ
तिम्रो उपस्थिति एउटा आधार बनोस्

 एक संस्कार बनोस्।
अझ फैलँदै जाउ

 हाँगाहरुमा
आफ्नो अस्तित्व प्रगाढ़ बनाउँदै
तिमीबाटै शुरुआत होस्
नौलो खोज
स्वीकारोक्तिको, विश्वशान्तिको
सहिष्णुताको, एकताको
अनि होस् सदा तिमीबाट
अस्तित्वहरुको न्यायिक सम्बोधन्।

(note: स्वीकारोक्ति सिद्धान्त आधारित कविता)

                                                           – छत्र दंगाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here