अमेरिकामा तोला ल्हुग लोसार भव्यताका साथ सम्पन्न

0
1315

ग्लोबल पोस्ट सम्वादाता;

Lhosar4
अमेरिकामा तोला ल्हुग लोसार भव्यताका साथ सम्पन्न – Global Post

गत मिति जेनेवारी १, २०१५ का दिन नेब्रास्का बौद्ध समाज द्वारा आयोजित तोला ल्हुग लोसार भव्यताका साथ ओमाहा सहर, नेब्रास्कामा मनाइयो । परमपारा अनुसार यस ‘लो सार’ (नया बर्ष), घोडा वर्षलाई बिदा दिएर भेडा वर्षलाई स्वागत गर्न मनाइएको थियो । उक्त दिन देखि भेडा बर्ष लागेको र यस उपलक्षमा सम्पूर्ण मानिसहरु भेला भई आफ्नो सांस्कृतिक भेष भुषा लगाई नाँच गान, खेल कुद, भोज भत्यार आदी विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरी सामुदायिक रुपमा रमाइलो मनोरन्जन गरिएको थियो ।

समाजका अध्यक्ष भिम गुरुङ भन्नु हुन्छ “आफन्त, ठुला बडाकोबाट साना उमेरकाहरुले आशिर्वाद लिने र नयाँ वर्षको शुभकामना आदन प्रदान गर्ने चलन रही आएको छ र हामी त्यसैलाई अभ्याष गर्ने प्रायस गर्दै छौँ ।” बृहत जनमानसको सहभागी रहेको उक्त लोसार कार्यक्रममा साउत डेकोटा राज्यबाट तीन सय भन्दा बडी, इओवह राज्यबाट दुई सय भन्दा बडी र अन्य १५ भन्दा बडी अमेरिकी राज्यहरुबाट सहभागीहरुको उपस्तिथी रहेको थियो । विभिन्न राज्यबाट आएका सहभागीहरुले आ आफ्नो विविध कार्यक्रमहरु जस्तै नृत्य, गान, इत्यादी प्रदर्शन गरेका थिए ।

बौद्ध परमपरा र सांकृतीले पूर्ण सो कार्यक्रममा गायक धन तामांग, कुमार गुरुङ आदी कलाकार तथा गायकहरुले संगीतमय बनाएका थिए । सोही कार्यक्रममा गायक धन तामांग र कुमार गुरुङ द्वयको बौद्ध भजन एल्बम ‘बुद्ध संदेश भाग २’ कार्यक्रमका प्रमुक अतिथि सुजन मेबगर द्वारा बिमोचन गरिएको थियो । यस एल्बममा जम्मा ७ वटा भजनहरु रहेका छन् र यसको उदेष्य विश्व भरी छरिएका सम्पूर्ण मानव जातिमा बुद्धको शान्तिको संदेश पुर्याउने हो भनी आयोजक समितिले संचारमाध्यमलाई जानकारी गराएको छ । लगभक १५०० सहभागीहरुको उपस्थिती रहेको उक्त कार्यक्रम कार्यक्रमका सभापति भिम गुरुङले समापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here