कविता

0
907

“स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य”gp

“आत्मालोचना ”

लासहरुको बगरमा
आफ्नै लास बोकेर शवयात्रा….
गरि रहेको छु म
भिन्नता यति हो
मुर्दाघाट तोकिएको छैन
एकोहोरो शंख उत्घोष भएको छैन
रामनाम सत्य हो गुन्जिएको छैन
सोकमा डुबेको आफन्त छैन
श्रदाको फूल चडाउने प्रेमी छैन
दाग बत्ति दिने छोरो उहिले भएछ लास
विचरा ! अभावको अनुहार कति कुरुप ?
आफ्नै लास बोकेर शवयात्रा गरिरहेको छु
लाग्छ सपै…..छ,केवल मलामी छैन
मलामी ……..मलामी ……मलामी ….

“देव लामा”//GBLO
…….USA…….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here