नायक भुवन के सी अमेरिकामा भुटानी नेपालीहरु माझ

0
806

Hamro Star Entertaiment4

डाल्लास, ग्लोवल पोस्ट

गत हप्त अगस्त २, २०१४; सनिबार टेक्सस्को डाल्लास फोर्त वोर्थ शहरमा नेपाली सिनेमाका नायक भुवन के सी भुटानी नेपालीहरु माझ रमाए । गत महिना अमेरिका आएका नायक भुवन के सी संयुक्त राज्य अमेरिकाको धेरै राज्यहरु घुमी सकेका छन । नायक भुवन के सी बताउछन्, हाल सम्मा उनले अमेरिका लगायत अन्न्य धेरै मुलुकहरु घुमी सकेका छन । फोर्त वोर्थ शहरमा सोही दिन नायक भुवन के सी ले ‘हाम्रो स्टार एन्टार्टेन्मेन्ट’ मनोरन्जनको दुनियाँमा एउटा नयाँ प्रश्तुती उद्घाटन पनि गरे ।

नेपाली सिनेमाका नायक भुवन के सी ले बताए अनुसार अब आउने चल्चित्र भुटानी नेपालीहरुको कथा वस्तुमा आधारित हुने छ । संयुक्त राज्य अमेरिकाको विभिन्न राज्य घुम्ने क्रममा नायक के सी ले आफ्नो चल्चित्र ‘साथी म तिम्रो’ चिनोको रुपमा अमेरिका वासी नेपाली चल्चित्र प्रेमीहरुलाई थमाउन सके । नायक के सी र उनको ‘साथ म तिम्रो’ सँग सबै रमेका थिए । अगस्त ३ तारिक रमाइलो रेस्टउरेन्ट इर्विङ शहरमा दाल्लास वासी नेपालीले ‘भुवन के सी साँझ’ आयोजन गरेका थिए जुन कार्यक्रममा नायक के सी ले आफ्नो चल्चित्र ‘साथी म तिम्रो’ प्रदर्शन गरे । उक्त कार्यक्रममा नायक के सी ले आफ्नो नृत्य कला प्रदर्शन पनि गरेका थिए ।

यही सनिबार; अगस्त १६, २०१४ का दिन बेलुकीको ९ बजे जर्जियाको अट्लान्त शहरमा अवस्थित काठमाडौं किचन एन्ड गृल्लमा नायक भुवन के सी को चल्चित्र ‘साथी म तिम्रो’ भव्यताको साथ प्रदर्शन हुने भएको छ । उक्त कार्यक्रममा नायक के सी ले आफ्नो कला प्रदर्शन गर्ने भएको छ । यस प्रकार यो महिना भरी नायक के सी अमेरिकामा व्यस्त रहने संचारमाध्यमलाई जानकारी भएको छ । Bhuwan K C

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here