पशुपतिनाथलाई जाडो, खिचडी भोजन सुरु

0
1938

७ मंसिर, काठमाडौं । आराध्यदेव पशुपतिनाथलाई पनि जाडो लागेको छ ।

जाडो हटाउन नाथलाई मास, मुङ, रहरको दालसँग शुद्ध घिउसहित उसिनेको पिँडालुको टुक्रा मिसाएर बनाइएको खिचडी भोजन गराइएको छ । यो भोजन बिहीबारदेखि जाडो नटुङ्गिउन्जेल एक महिनासम्मका लागि गराउने व्यवस्था गरिएको छ ।

पशुपतिनाथ अमालकोट कचहरी कार्यालयले यी सामल तयार गरेर नाथसमक्ष बिहीबार खिचडी अर्पण गरेको छ । आयुर्वेद क्षेत्रमा खिचडीलाई जाडोयाममा शरीरलाई ताप सन्तुलनमा राख्ने स्वस्थकर भोजनका रूपमा व्याख्या गरिएको छ । खिचडी भोजन मात्र नभएर नाथलाई चिसो नलागोस् भनेर मनतातो पानीले पनि स्नान थालिएको छ ।

अमालकोटका द्वारे पूर्ण डङ्गोलका अनुसार जाडोयाम नसकुन्जेलसम्म मनतातो पानीले स्नान गरिनेछ । पञ्चामृत स्नान हुनुअघि यसरी स्नान गराइनेछ । यसैबीच शुक्रबार श्लेषमान्तक वनमा वनभैरव पूजाको आयोजना गरिँदैछ । अमालकोटका वन डिठ्ठा विनोद रिमालको आदेशअनुसार यो पूजा हुँदैछ । गोरखापत्रमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here