घुसका नायक पाण्डेसहित तीन जना १० लाख धरौटीमा छुटे

0
1131

काठमाडौं । सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे १० लाख धरौटीमा छुटेका छन् ।

अदालतले पाण्डेसहित तीन जनालाई १०–१० लाख रुपैयाँ धरौटीमा छोडेको छ । विशेष अदालतका न्यायाधीशद्वय बाबुराज रेग्मी र प्रमोदकुमार वैद्यको संयुक्त इजलाशले धरौटी माग्नेको हो ।

माग गरेको धरौटी बुधाएपछि उनीहरुलाई साधारण तारेखमा रिहा गरिएको छ । सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा कात्तिक २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक पाण्डेसहित तीन जनालाई पक्राउ गरेर पुस ४ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

आयोगले शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो भने उनीहरुको बयानको आधारमा महानिर्देशक पाण्डे पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here