प्रदेशसभाको समानुपातिक मतपरिणाम सार्बजनिक

0
1007

७ पौष, काठमाण्डौं । निर्वाचन आयोगले प्रदेसभा सदस्य निर्वाचनअन्तर्गतको समानुपातिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगले शुक्रवार पत्रकार सम्मेलन गरी ७ वटै प्रदेशको समानुपातिकर्फको परिणाम सार्बजनिक गरेको हो ।

आयोगका अनुसार समानुपातिकतर्फ प्रदेश नम्बर २ बाहेक अन्य सबै ६ प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । भने नयाँ दल बिवेकशील साझाले ३ सीट पाएको छ ।

प्रदेश १ मा नेकपा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५, संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सीट पाएका छन् ।

प्रदेश नम्बर २ मा कांग्रेस ११ सीट ल्याउँदै समानुपातिकतर्फ पहिलो दल बनेको छ । प्रदेश २ मा कांग्रेस पछि राष्ट्रिय जनता पार्टी (राजपा)ले  १०, संघीय समाजवादी फोरमले ९, एमालेले ७, माओवादी केन्द्रले ५ र  नेपाल संघीय समाजवादी पार्टीले १ सीट पाएको छ ।  प्रदेश नम्बर ३ मा एमालेले, १६ कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सीट पाएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीले १, राप्रपाले १, राप्रपा प्रजातान्त्रिकले १ सीट पाएका छन् ।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, राष्ट्रिय जनमोर्चाले १ र नयाँ शक्ति नेपालले १ सीट पाएको छ । प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, संघीय समाजवादी फोरमले २, राजपाले १ र  राष्ट्रिय जनमोर्चाले १ सीट पाएको छ । प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५, माओवादीले ४ र राप्रपाले १ सीट पाएको छ । प्रदेश नम्बर ७ मा नेकपा एमाले र नेपाली कांग्रेसले बराबरी ८–८ सीट पाएका छन् । माओवादीले ४ सीट पाउँदा प्रदेश नम्बर ७ मा राजपाले १ सीट प्राप्त गरेको छ । प्रदेशसभाको समानुपातिकतर्फका कूल २२० सीटमध्ये सबैभन्दा बढी एमालेले ७५ सीट प्राप्त गरेको छ । नेपाली कांग्रेसले ७२ सीट प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ३५ सीट प्राप्त गरेको छ ।यस्तै संघीय समाजवादी फोरमले १३ र राजपाले १२ सीट पाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here