दलका घोषणापत्रः मनचिन्ते झोला

0
1355

२४ कात्तिक, काठमाण्डौं । राजनीतिक दलहरुले घोषणापत्रमा उल्लेख गरेका बिषयलाई राजनीतिका जानकारहरुले पार्टीका बुद्धिजिवीहरुको बौद्धिक बिलाशदेखि आशा र सपना समेटिएको मनचिन्ते झोलाको संज्ञा दिएका छन् ।

globalpostinfo.us का लागि बिशेष अन्तरवार्ता दिदै घोषणापत्रकै बिषयमा (Thesis) सोध गरेका राजनीतिक बिश्लेषक प्राध्यापक कपिल श्रेष्ठ भन्छन् ‘दलका घोषणापत्र कागजमा नराम्रा कुनै छैनन्,१५ सालदेखि अहिलेसम्मको व्यवहारले भन्छ यो कार्यान्वयन पनि हुन्न।’ विद्युत, बाटोघाटो, रोजागारी, अस्पताल अन्तराष्ट्रिय सम्बन्ध आदिको बिषयमा घोषणापत्रमा उल्लेखित बिषयलाई विगतसँग तुलना गर्दा पत्याउने आधार नै नभएको उनि बताउँछन् । श्रेष्ठ थप्छन् ‘यो एउटा औपचारिकता हो कागजमा सबैको राम्रैमात्र देखिन्छ तर त्यसअनुरुपका काम न विगतमा भयो न त आगतमा नै हुनेछ, यो केवल पार्टीभित्रका बुद्धिजिवीको बिलाश मात्र हो ।’

यसरी प्राज्ञिक क्षेत्रबाटै आएको यस्ता टिप्पणीलाई जनताले समेत छुट्याउन सके घोषणापत्र राजनीतिक दलहरुकै लागि प्रत्युत्पादक हुन सक्ने अनुमानहरु भइरहेका छन् । श्रेष्ठसँग पत्रकार भूपाल लुइटेलले गर्नुभएको कुराकानिको बिस्तृत विवरण यो लिंकमा हेर्न सक्नुहुनेछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here