भटानी शरणार्थी क्षेत्र नजिक वडा कार्यालय उद्घाटन

शरणार्थीका कार्य सहित वाडबासीको सेवामा जोड

0
3397

शरणार्थीका कार्य सहित वाडबासीको सेवामा जोड

See video story by Dikesh lama

डिकेश लामा/ २२ कार्तिक २०७४

बेलडाँगी/ झापाको दमक नगर पालिका वडा नं. ३ को वडा कार्यालय बाघखोर नजिक मैत्री भवनमा आज देखि औपचारिक कार्याक्रम गरी उद्घाटन गरिएको छ । शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय निकायको सहयोगमा केही बर्ष अघि निर्माण गरिएको भवनमा वडा कार्यालय आज देखि संचालन गरिएको हो ।

    दमकका मेयर रोमनाथ ओलीको प्रमुख आथित्यमा भएको कार्याक्रममा ओलीले दमक नगरले नागरिकको सुविधा र सेवालाई ध्यानमा राखी वडा कार्यालय विस्तारमा विशेष जोड दिएको बताउनु भयो । ओलीले नगर पालिकाले नागरिकको हितमा पर्यटन र स्वास्थ्य क्षेत्रमा समेत विशेष प्राथमिकता दिएर कार्य गर्ने बताउनु भयो । कार्यालयमा नगरले गर्ने विशेष कार्य बाहेकका अन्य कार्यहरु आज देखि सोही कार्यालयबाट संचालन हुने र यसले नागरिकमा थप सेवा मिल्ने बताउनु भयो । दमक वडा नं. ३ का वडा अध्यक्ष नविन बरालको सभापत्विमा भएको कार्याक्रममा शरणार्थी सम्ब

न्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखाका प्रमुख आना पेलोसीले वडा कार्यालय संचालनले स्थानीय र शरणार्थीबीचमा यस थप सुदृढ सम्बन्ध र कार्य गर्न सहयोग पुग्ने बताउनु भयो ।

स्थानीय नेपाली र भूटानी शरणार्थीलाई खास गरी कम्पुटर टेक्नोलोजी सिकाउने उद्देश्यले निर्माण गरेको भवनमा अव देखि वडा कार्यालयले स्थायी भवन निर्माण नगरेसम्म सोही कार्यालयबाट नागरिकको काम गर्ने वडा अध्यक्ष नविन वरालले बताउनु भयो । वडा सदस्य शुकदेव लुईटेलले संचालन गर्नु भएको कार्याक्रमा दमक नगरका पूर्व उपमेयर धिमाल जातिका अगुवा लोक ब. धिमालले समेत बोल्नु भएको थियो । 

            कार्यालय उद्घाटन गरेकै दिन सेवाग्राही नागरिकले सेवा लिन सुरु गरेको वडा सचीव ओम प्रकाश राईले बताउनु भयो । कार्याक्रममा दमक नगरका अधिकृत युवराज दाहाल, उप मेयर गीता अधिकारी, राजनैतिक दलका अगुवा लगायत सामाजिक तथा शैक्षिक क्षेत्रका अगुवाहरुको समेत उपस्थिति रहेको थियो । यस अघि नगर पालिकाले नागरिकको सेवामा जोड दिँदै गएको दशैं अघिबाट दमक वडा नं. ८ को वडा कार्यालय सोही वडामा विस्तार गरी कार्य सचारु गरेको वडा अध्यक्ष पशुपति गौतम्ले जानकारी दिनु भयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here