भूटानी शरणार्थी अपाङ्गहरुमाझ विविध कार्यक्रम सम्पन्न

0
3594

अपाङ्गका सहयोगका लागि सचेतना
डिकेश लामा/ २४ कार्तिक २०७४
बेलडाँगी/ झापाको बेलडाँगी २ स्थित पञ्चवति विद्यालयमा आज भूटानी शरणार्थी अपाङ्गहरुको क्षमता अभिबृद्धिमा सचेतनाका लागि विविध कार्यक्रम सम्पन्न भएको छ । भूटानी शरणार्थी शिविर भित्र रहेका अपाङ्गहरुको क्षमता अभिबृद्धिका लागि जनचेनता जागति गर्न बार्षिकरुपमा यस्ता कार्याक्रम गरिदै आएको आम्दा नेपालका अपाङ्ग कार्याक्रमका संयोजक रवि शर्माले बताउनु भयो ।
           शिविर सचीव टिकाराम रसाइलीको प्रमुख आथित्यमा भएको कार्याक्रममा आम्दा नेपालका सामुदायिक व्यवस्थापन प्रमुख डाक्टर अनुजा भट्टराई, मनोसामाजिक परामर्श संस्थाकी उर्मिला ओली, यूएनएचसीआरकी गंगासेन, नेपाल बार एशोशियशन भूटानी शरणार्थी पदाधिकारी सन्त पाठक, सहायक सचीवहरु सन्तोष गुरुङ्ग, चन्द्रकला राई लगायतले खेलमा उत्कृष्टहरुलाई पालैपालो पुरस्कार प्रदान गर्नु भएको थियो । भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा लठ्ठा तानी, चम्चा दौड, २ सय र ४ सय मिटरको महिला पुरुषको दौड, हण्डी फोर, म्युजिकल चेयर लगायतका खेल, नृत्य, गीतहरु प्रस्तुस्त गरिएको छ ।
      शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय (यूएनएचसीआर)को सहयोगमा आम्दा नेपालको संयोजनमा भूटानी शरणार्थी अपाङ्ग संघको आयोजनमा कार्याक्रम भएको हो । सहभागीलाई थाल, प्लेट, साबुन र अपाङ्गहरुलाई प्रोत्साहन गर्ने विभिन्न सामाग्री लगायतका विभिन्न दर्जाका पुरस्काहरु वितरण गरिएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज राईले बताउनु भयो । पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगी र शनिश्चरे पथरीमा रहेका ४ सय ५३ जना अपाङ्गता भएका भूटानी शरणार्थीहरुलाई सरोकार वाला निकायले विशेष पहल गर्दै आएको छ । तर उनीकोहरुको क्षमता अभिवृद्धिमा सपाङ्गहरुले विशेष सहयोग गरे थप टेवा मिल्ने बुद्धिजीविहरु बताउनु हुन्छ ।

see live video report by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here