भूटानी शरणार्थी शिविरमा चामालको धारा खाल्डोमा शरणार्थी इतिहासमा पहिलो घटना

0
2578

डिकेश लामा/ असोज ३ गते, २०७४
बेलडाँगी/भूटानी शरणार्थी शिविरमा शरणार्थीहरुले खान नपुगेको भन्दै चामाल दिने माग गरिएको अवस्थामा ठूलो परिमाणमा चामाल नष्ट गरिएको छ । विगत केही समय अघि आएको हावाहरी र अविरल बर्षाका कारण भूटानी शरणार्थी शिविरमा ५ मेट्रिक टन भन्दा धेरै चामाल कुहिएर आज नष्ट गरिएको छ ।
गत असार २७ गते देखि ४ दिन लगातार हावाहुरीसँगको बर्षाले खाद्यान्य राख्ने गोदामको छाना उडाए पछि ५ हजार ७ सय ९१ केजी चामाल कुहिएर नष्ट गरिएको विश्व खाद्य कार्यक्रमकी सुचना तथा संचार प्रमुख सितास्मा थापाले बताउनु भयो । पानी चुहिएर भिजेको कारण र बेलडाँगी १ मा दुईटा हात्तीले गोदाम फुटाए पछि चामाल विग्रने अवस्था आएको खाद्य कार्याक्रमले जानकारी दिएको छ । कुहिएको चामाललाई आज स्थानीय शरणार्थी शिविर व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारी, विश्व खाद्य कार्याक्रमका पदाधिकारी सहितका टोलीले गोदाम नजिकै खाल्डो खनेर चामाल पुरिएको शिविर व्यवस्थापन समितिका सचिव टिकाराम रसाईलीले जानकारी दिनु भयो ।
यसैबीच यता शिविर व्यवस्थापन समितिले खाद्य भण्डारको अवस्था मजबुत र कम्जोर भएको कारण यति ठूलो परिणाममा चामाल खेर गएको जनाएको छ । चामाल पुर्दै गर्दा स्थानीय शरणार्थीहरुले भने आफूहरुलाई राशन कट्टा गरेर यसरी चामाल खेल फाल्नु भनेको संस्थाको कम्जोरी भएको समेत आरोप लगाएका छन् । तर संस्थाका जिम्मेवार पदाधिकारीले भने आकास्मिक हुने दैवी प्रकोप प्रति सचेत हुँदाहुँदै पनि यस्ता घटनाहरु हुने भएकोले शरणार्थीहरुमा त्यसको बदलामा आफूहरुले शिविरबासीहरुलाई चामाल उपलव्ध गराउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here