आफ्नैबाट आलोचित उद्योगपति

0
1491

अजेयराज सुमार्गी नेपालका प्रसिद्ध उद्योगपति हुन् | उनको परिवार नै उद्योगमा लागेको छ |उनको जीवनी पढेपछि र लन्डनमा उनले आफ्नो जीवनी विमोचन गर्दैगर्दा त्यहाँ र नेपालका मिडियाहरूको आलोचनात्मक दृष्टिकोण पढेपछि त्यसविषयमा केही लेख्न मन लाग्यो |

डा. गोविन्द उपाध्याय

नेपालमा संचालित ८०% भारतीयहरू उद्योगहरूमा भारतीयहरूको दवदवा रहेको छ | अजेयराज केही नेपाली उद्योगी मध्ये हुन् जसले अनेकौं ब्यबधानहरू सहेर उद्योग चलाईरहेका छन् | उनका सकारात्मक पक्षहरूमा पनि हामी नेपालीले वहस गर्न जरुरी छ |

काम गर्नेहरूले गल्ति गर्छन् तर काम नगर्नेहरू अर्काको गल्ती र कमजोरीमात्रै खोजेर हिड्छन् | अजेयराजको ब्यापार देख्ने तर उनले त्यो आर्जन गर्ने गरेको परिश्रम नदेख्ने धेरै छन् | अजेयराज यस्ता नेपाली उद्योगी हुन् जसको नेपालीहरूले नै सबैभन्दा बढी आलोचना गरेको सुनिन्छ र पढिन्छ पनि |

उनी केवल आलोचनाका मात्र पात्र हुन् जस्तो मलाई पटक्कै लाग्दैन | यदि केवल आलोचनाका मात्र पात्र हुन्थे भने उनी नेपालका स्थापित उद्योगपति बन्न सक्ने थिएनन् वा आफ्नो पूँजी लिएर भारत वा विश्वको जुनसुकै देशमा गएर उद्योग संचालन गर्न सक्थे |

यदि अजेयराजले जानाजान लुकाउने/छिपाउने काम गरेका छन् भने त्यसको लेखाजोखा गरेर दण्डदिने काम न्यायलयको हो तर नेपाली समाजमा पत्रकारहरूले तुरुन्त फैसला सुनाउँछन् | यसले नेपाल र नेपालीलाई माया गर्ने र नेपालमा उद्योग गर्न चाहने नेपाली उद्योगीहरू हतोत्साहित हुन्छन् |

मैले उनलाई चिनेको छु तर उनले मलाई चिन्न जरुरी छैन | उनको जीवन उनको आफ्नै हो | उनको कर्म उनको आफ्नै हो | मैले उनले नेपालको सांस्कृतिक, धार्मिक तथा वैदिक संस्कृतिको रक्षाको लागि उदारतापूर्वक कामहरू देखेको छु | पशुपतिक्षेत्रमा निर्मित सुमार्गी -सभागर सबैको लागि उपहार बनेको छ | यसबाट आलोचकहरूले पनि लाभ लिएकै छन् |

मैले उनका भाषणहरू सुनेको छु | उनको चिन्तन तथा क्रियाकलापमा एकरुपता देखिन्छ | उनी वैदिक संस्कृतिका विनम्र अनुयायी हुन् | हालै प्रकाशित “अजेयराज सुमार्गी”मा उनको पारिवारिक र जीवनको केही समीक्षा गरिएको छ |

उनले हालै लन्डनमा आफ्नो जीवनीको विमोचन गरेका छन् | यस विषयमा पनि नेपाल र युकेबाट संचालित मिडियाहरूले उनको आलोचना मात्र गरेको पढ्दा दिक्क लाग्यो | उनी जे-जस्तो भए पनि नेपाली उद्योगपति हुन् | लन्डनमा पुगेर उद्योगपतिका रूपमा आफ्नो जीवनी सार्वजनिक गर्ने क्षमता राख्छन् | यो हैसियतमा पुगेका नेपाली उद्योगपति औलामा गन्न सकिने छैनन् र ? असलमा, अजेयराज यस्ता भाग्यमानी नेपाली उद्योगपति हुन् जुन धेरैजसो आफ्नै नेपालीहरूबाट आलोचित भैरहन्छन् |

तर उनले आफ्नो उद्योगको धर्म र मर्म छोड्दैन् बरू अरू नेपालीहरूलाई पनि उद्योगी बन्न प्रेरित गर्छन् |

उनको जीवनी रोचक छ | यो पढेपछि “मिडियाहरूका माध्यमबाट निर्मित धारणा”मा परिवर्तन हुन्छ | उनले गरेका संघर्षहरूका पानाहरू खुल्छन् | बुझाई आफ्नो-आफ्नो हो तर एउटा नेपाललाई माया गर्ने नेपाली उद्योगीका विषयमा केवल नकारात्मक धारणा मात्र बनाउनुको मैले औचित्य ठान्दिन |

मैले त एत्ति भन्छु, नेपालमा धेरै अजेयराजहरू जन्मिनुपर्छ | जसले नेपालमा उद्योगको कल्चर स्थापित होस् | नेपालीहरूले आफ्नो क्षमतामा विश्वास गर्न सकून् | नेपालीहरूका लागि नेपालीहरूले चलाएको उद्योग भन्दा राम्रो केही हुँदैन | उनी नेपालीलाई माया गर्ने उद्योगी हुन् |

मैले “अजेयराज सुमार्गी” पढेपछि सही योजना, निर्णय गर्ने क्षमता, दृढ संकल्प शक्ति तथा निरन्तरताले जो-सुकै स्थापित उद्योगपति हुनसक्छ भन्ने निर्णय गरें | उनमा थाहा आन्दोलनका प्रवर्तक रूपचन्द्र विष्टको कति गहिरो प्रभाव रहेछ, त्यसबाट पनि अचम्भित बनें |

अरूणराज र निर्मल थापाले संयुक्तरुपमा लेखेको “अजेयराज सुमार्गी” पढेपछि नेपालीहरूलाई देश निर्माणमा जाँगर चल्नेछ | यद्यपि पुस्तकमा समावेश गरिएका विषयवस्तुहरूको पुन: समीक्षा हुनुपर्ने देखिन्छ जसमा भाषा, निरन्तरता तथा विषयवस्तुको विचलन समावेश छ | पुस्तकमा अजेयराजभन्दा रूपचन्द्र विष्ट राइछाई भएका छन् |

मलाई, रूपचन्द्र विष्ट र उनको आन्दोलन तथा उनको साहित्य, दार्शनिक सोचका विषयमा अनुसन्धान गर्न मन लाग्यो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here