नेपाल आइडलःगायन छनौटदेखि नेपाली सांगितिक क्षेत्रकै क्रान्तिसम्म

0
1784

१ असोज, काठमाण्डौ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘अन्तराष्ट्रिय फ्रेन्चाइज शो’ नेपाल आइडलको सांगितिक धमाका संघारमा आइरहदा पहिलो नेपाल आइडल को होला भन्ने खुल्दुली सर्बत्र छ । झण्डै ५ महिना चलेको यो धमाका २२ सेप्टेम्बर अर्थात आज एउटा आइडल दिने संघारमा पुगेको छ । अर्थात (शुक्रबार) अाज राति कतारको राजधानी दोहास्थित सनाया एम्पीथिएटरबाट नेपाल आइडल घोषणा हुँदैछ । यसका लागि प्रतिस्पर्धामा छन् उर्लाबारीका निशान भट्टराई, पोखराका बुद्ध लामा र ललितपुरका प्रताप दास ।

उर्लाबारीका निशान भट्टराई

चलचित्र माइती घरको ‘हेर धर्ती डगमगाई दिलमा ज्वाला गुम्सिएर……….’ बोलको गितमार्फत जर्जहरुलाई मन्त्रमुग्ध पार्दै नेपाल आइडलमा पाइला चालेका उर्लाबारीका निशान भट्टराईको यात्रा उपाधि नजितेसम्म रोकिने अवस्था देखिन्न ।

के शास्त्रिय संगित, के पप, के लोक त के चलचित्रका गित जतासुकै फिट हुने निशानको आवाज र गायनले फ्यानहरुको संगितप्रतिको भोक न अहिले मेटिएको छ, न त भविष्यमा नै । अर्थात निशान जहाँ जहाँ पुगेर गाइरहन्छन् वान्स मोर नआएको ठाउँ छैन, चाहे त्यो नेपाल आइडलको मञ्चमा होस् चाहे बाहिर गरिएका प्रस्तुति नै । गायक रामकृष्ण ढकालकै शब्दमा ‘निशान भट्टराईजस्ता प्रतिभालाई सांगितिक क्षेत्रले कुरेर बसेको छ ।’ उनका फ्यानहरुले त उनलाई नेपाली सांगितीक क्षेत्रको पर्यायको रुपमा व्याख्या गरिरहेका छन् । उदयपुरकी सुष्मिता राउत भन्छिन् ‘बेजोड गायनको शसक्त, सुमधुर र सहज आवाजको पर्याय हुन निशान।’ सानैदेखि सांगितिक बातावरणमा हुर्किएका निशान सधैभरी अप्ठ्यारा गितहरु गाउँदा सफल हुँदै यो अवस्था पुगेको बताउँछिन उनकी सांगितिक गुरु कमला खनाल । झण्डै १३ बर्ष संगित सिकाएका अर्का गुरु विशाल राई भन्छन ‘भविष्यको नेपाली संगितको प्रतिनिधित्व निशानले गर्नेमा शंका छैन।’ तर शंका यसमा छ नेपाल आइडलको मञ्चमा पटक पटक पर्फरमर अफ द डे बनेर पनि पटक/पटक नै डेन्जर जोनमा पर्दै आएका निशान कतै भोट कम भएकै आधारमा उपाधिविहिन हुने त हैनन् ? यसर्थ यो शंकालाई दुर गर्न जतिसक्दो धेरै निशानलाई भोट गर्न उनि मात्र होइनन् उनका शुभेच्छुक र समर्थकहरु अपिल गरिरहेका छन् ।

निशानको क्षेत्रमा समर्थकहरुको भिड

पोखराका बुद्ध लामा

‘आँखाको निन्द खोशिलाने……….’ गित गाएर नेपाल आइडलको मञ्च सुरु गरेका पोखराका बुद्ध लामा अन्डर नाइन्टिन हुन् । तर उनको आँट भने ठूलो छ नेपाल आइडलको उपाधि जित्नु ।

अडिसनका बेला आफ्नो उमेरमै झुक्किएका बुद्ध लामा बेलाबेला गाउँदै गर्दा शब्द नै बिर्सिएर वा विगारेर जर्जको मन खिन्न पनि पार्छन । यद्यपी उनको बेजोड गायन र दमदार प्रस्तुतीले उनलाई विरलै मात्र डेन्जर जोनमा पुर्याउँदै नेपाल आइडलको फिनालेसम्म पुर्याएको छ । भोटका आधारमा यतिन्जेल सर्वाधिक भोट पाएर नेपाल आइडलको उपाधिको सम्मुख पुगेका बुद्ध लामाले उपाधि भने जित्छन या हार्छन् त्यो भने २२ सेप्टेम्बरसम्म पर्खनुपर्नेछ यधपि उनको गला र कलालाई अत्यन्तै मन पर्याउने शुभचिन्तक, प्रशंसकको माहौलको अन्दाज गर्दा उनको जीत हासिल गर्ने सम्भावना त्यतिकै प्रबल  छ |

ललितपुरका प्रताप दास

अनुहारमा मात्र हैन गितमा पनि चमक दिन सक्ने क्षमता राखेकै कारण ललितपुरका प्रसाप दास नेपाल आइडलको उपाधि नजिक पुगेका हुन् ।

‘लोलाएका तिम्रा ठूला ति दुई नजरले ……….’ बोलको गितमा अडिसन दिदा ओर्जिनालिटी पनि बचाउनोस् है भन्दै इन्दिरा जोशीले दिएको कमेन्टले धर्माराउँदै अघि बढेका प्रतापको आजको विशेषता आफ्नोपन झल्किने गरी पनि गित गाउनु बनेको छ । आलाप तान्ने कौशलले भरिएका प्रतापको उत्कृष्ट व्यक्तित्वमा धेरै जना लोभिए पनि उनलाई भोट गर्न लोभिनेहरु कम हुँदा पटक-पटक डेन्जर जोनमा परेको पीडाले उनलाई झस्काइरहन्छ । यद्यपी एक हप्तासम्म भोटिङ खुल्ला भएर हुन लागेको फिनाले र त्यसअघि गृह क्षेत्र विशेष कार्यक्रम र खुल्ला रुपमा भएका कार्यक्रमले प्रतापलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

सांगेतिक क्षेत्रकै क्रान्ति

टेलिभिजनको एउटा कार्यक्रम भएपनि ‘अन्तराष्ट्रिय शो’ र अधिक पुरस्कार राशी नगद २० लाख रुपैयाँ कार तथा अन्य विभिन्न पुरस्कारसमेत जोड्दा झण्डै १ करोड रुपैयाँ बराबरको पुग्ने भएपछि यस प्रतियोगितामा ध्यान केन्द्रित भएको देखिन्छ । यसअलवा प्रतिस्पर्धासँगै गायन कलालाई तिखार्न साधना तथा प्रस्तुतीमा समेत विशेष ध्यान दिइएकाले सांगितिक क्षेत्रका अधिकांश व्यक्तीले नेपाल आइडललाई नजिकबाट नियालिरहेको कुरा कार्यक्रममै आएका गेष्ट जर्जकै कुराले पनि पुष्टाई गर्दछ । प्रतियोगितामा गेष्ट जर्ज बनेर आएका चर्चित गायक राजेशपायल राईको शब्दमा ‘स्रष्टाले राम्रो गाएर मात्र हुँदैन गायनबाटै घरको चुल्हो पनि बल्ने अवस्था आउनुपर्छ ।’ सांगितिक कार्यक्रमले भ्याई नभ्याई हुने गायक राजेशपायल राईको यो भनाईलाई आधार मान्ने हो भने नेपाल आइडल हुने जो कोहीको घरमा चुल्हो बल्ने लगभग लगभग निश्चित भइसकेको छ । किनकी आइडल बनिसक्दा पाउने नाम र झण्डै १ करोड बराबरको पुरस्कारले पनि आइडलको चुल्हो बल्नेमा शंका छैन । यसकारण नेपाल आइडल  नेपाली सांगेतिक दुनियाँको एउटा टर्निङ प्वाइन्ट वा क्रान्तिको रुपमा लिदा सायदै विमती आउने जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here