हाम्रो नेपाली भाषा

0
1729
Dr. Govinda Upadhyaya

नेपाली सामाजिक संजालहरूमा नियोजित रूपमा नेपाली भाषालाई “खसआर्य”हरुको भाषाका रूपमा अपमान जनक तवरले प्रस्तुत गरिएको भेटिन्छ | यस्तो आरोपमा सत्यता काम र घृणावाद बढी हुन्छ | असलमा कुनै भाषाका विरुद्ध तर्कपूर्ण बैचारिक आन्दोलन चलाउनु स्वाभाविक हो तर भाषालाई लिएर समग्र नेपालीभाषी जातजातिउपर घृणा र विद्वेषपूर्ण प्रहार गर्नु निन्दनीय हो |

जहाँजसरी र जसले विकासका लागि योगदान गरे पनि आज नेपाली सबैको प्रिय र संचारको साझा भाषा भएको छ | नेपाली जातिहरू र नेपाली भाषा एकआपसमा अभिन्न भएका छन् |

नेपालीले बोल्ने सबै भाषाहरूको विकास र उत्थान हुनुपर्छ तर यसका लागि नेपाली भाषा र यो भाषा बोल्ने, बुझ्ने र लेख्नेहरूप्रति विषवमन गर्नु हुँदैन | नेपाली भाषा र यो भाषा बोल्नेहरूको निन्दा गरेर स्थानीय रैथाने भाषाहरूको विकास सुनिश्चित हुँदैन | बरू अरूले खेल्ने मौका प्राप्त गर्छन् |

नेपाली भाषाका स्वरुका विषयमा विद्वानहरू वीच विमति भए पनि यो भाषालाई सबैले माया गर्नुहुन्छ | विश्वभरीका नेपालीहरू यसै भाषाका आधारमा एकआपसमा गाँसिएका छन् | देशै, तिहार, छठआदि नेपाली पर्वहरूले नेपाली भाषीहरू र नेपालका रैथाने भाषाहरू बोल्ने नेपालीहरू विच सद्भावको विकास गर्न मदत गर्ने छन् |

नेपालमा बोलिने हरेक भाषाहरू सहित नेपाली भाषाको पनि सहृदयतापूर्ण तवरले विकास होस् | नेपालका सबै भाषाहरू नेपालीझैं विकसित होउन् तर यस्तो लक्ष प्रेमपूर्ण सम्वन्धबाट विकसित होस्, घृणावादी चिन्तन, आन्दोलन र धारहरूको अन्त्य होस् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here