हाम्रो र राम्रो भूटानी गायक तथा संगीतकार किशोर

0
1322
साउन २०७४ २२ आइतवार  

सन् १९८६ मा चिराङ भूटानको धनेसेमा पिता राम, माता स्वःमेनुका शिवाकोटीको कोखबाट जन्मिएका माइला छोरा हुन् किशोर शिवाकोटी । सानै उमेरदेखि गीत, संगीत, कला, साहित्यमा लगाव भएका किशोर, ६ वर्षको उमेरबाटै भूगोलहीन भएका हुन् । आफ्नै देशको माटोमा उभिएर नेपालीभाषी भूटानीको स्वाभिमानी गाथालाई शब्दभरि गाउने उनको सोच थियो । विडम्बना, १९९२ को एउटा कालरात्रीमा एक लाख बढी नेपालीभाषी भूटानीहरुसँगै देश छाडेका किशोरले १८ वर्षसम्म कष्टकर जीवन बिताउनु पर्यो पूर्वी नेपालको झापामा ।

किशोरले शरणार्थी शिविरमा उच्च माध्यमिक विद्यालयसम्म अध्ययन गरेका छन् भने भारतको अल्लाहबादमा औपचारिक रुपमा शास्त्रीय संगीतमा स्नातकोत्तर गरेका छन् । अभाव र कष्टपूर्ण जीवनका बीचमा पनि गन्तब्य खोज्दै भूटानी युवा, दाजु-भाइ, आमाबुबाहरुको कथा-व्यथा र भूगोलको गाथा गाउँदै झापाको इलाममा मेची तारासम्म घोषित भएका किशोर सबैका मनमा कर्णप्रिय बन्दै उदाए । सबै प्रकारका गीतमा रमाउने किशोरले आफ्नौ शब्द, संगीतमा दर्जनौं गीत गाएका छन् भने भूटानी–नेपाली कथानक चलचित्रमा पनि आफ्नो कर्णप्रिय स्वर दिइसकेका छन् । सांगीतिक अवार्डहरूमा पनि यिनको नाम नोमिनेशनमा पर्ने गरेको छ |

छानो, मानो नहुदाँ सिमानामा बाँचेर दुःखमाथि दुःख लुकाएर लाखौं भूटानी आवाजहरुलाई बुलन्द पार्न सघाउने किशोर शिवाकोटीले शरणार्थी जीवनमा भुगोलहीनहरुको पीड़ाले भरिभराउ भएको गिती-गजल संग्रह “भुगोल” प्रकाशन गरि भूटानी सांगीतिक भण्डारमा उच्च योगदान गरेका छन् । गीत गजलको समिश्रण भुगोल लगायत र्भखरै आफ्नी आमाको सम्झनामा ट्रिविउट(Tribute) एल्बमको विमोचन गरि स्रोता दर्शकको मन जित्न सफल भएका छन् ।

सबै भूटानीहरुलाई ब्यूँझाउँदै, नसुत्ने आग्रह गर्दै जवानहरुलाई हातमा हात, काँधमा काँध मिलाई आवाजको शक्ति माग्दै स्वदेशफिर्ती अभियानको निम्ति पनि यिनले ठूलो भूमिका निभाएका हुन् | तर देश फिर्ने हजार चाहना हुदाहुदै पनि यी प्रतिभावान युवा गायक अन्ततः तेश्रो मूलुक पुनर्वासित हुन बाध्य र विवश भए | तेश्रो मूलुक पुनर्वासले दिएको नयाँ जीवनसँग यिनी सन्तुष्ट छन् र यिनको ख्याति दिनदिनै बढ्दो छ | हाम्रो र राम्रो भूटानी गायक तथा संगीतकार किशोरलाई हाम्रो थप सफलताको शुभकामान |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here