पास्टर सन्तोष रामदाम गम्भीर घाइते , प्रार्थनाका लागि अपिल 

0
61

अर्जुन प्रधान

चर्चित चलचित्र ‘समालिएको जाति’ का निर्देशक तथा पास्टर सन्तोष रामदाम हाल गम्भीर चोटको उपचारमा हुनुहुन्छ।

गत बिहीबार पेनसिल्भेनियाको योर्क शहरको सार्वजनिक पार्क मा आफ्ना साथीहरूका साथ घुमघामका क्रममा पार्कभित्रको खाल्टोमा खुट्टा अड्किएर लड्दा उहाँको खुट्टामा गहिरो चोट लागेको हो।

Book your time.

घटनापछि उहाँलाई तत्कालै आपतकालीन अस्पताल लगिएको थियो। त्यहाँ शल्यक्रिया (अपरेशन) गरी उहाँको खुट्टामा १० वटा टाँका लगाइएको छ। हाल उहाँ घरमै विश्राम गर्दै उपचाररत हुनुहुन्छ।

यस घटनापछि उपचार खर्चको लागि आवश्यक निवेदन समेत योर्क शहर पार्क प्रशासन समक्ष दर्ता भइसकेको उहाँले जानकारी दिनुभएको छ।

यस कठिन घडीमा पास्टर सन्तोष रामदामले सम्पूर्ण मण्डलीहरू, विश्वासीजगत तथा शुभचिन्तकहरूलाई आफ्नो शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिनुहुन विशेष अपिल गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here