शरणार्थीको पीडा कहिल्यै सकिएन, समाधान खोज्दै उनीहरु पुन: आन्दोलित

0
1546

साउन २१, २०७४ दमक – तेश्रो मूलुक पुनर्वाससंगै शिविरमा विभिन्न कारणले रहदै आएका भूटानी शरणार्थी मारमा पर्दै आएको वास्तविकतालाई केन्द्रीयता राखेर थप समाधानका खोजि स्वरूप झापा र मोरंग नेपालमा अवस्थित भूटानी शरणार्थी शिविर, व्यस्थापन समिति पत्रकार सम्मेलन गर्दै आन्दोलनमा उत्रिएका छन् |

स्वदेश फिर्ती, पुनर्वास, स्थानीयकरण, अन्तरराष्ट्रियकरण र सही भूटानी दर्ता प्रक्रिया गरि जम्म पाँच सुत्रीय माग राख्दै उनीहरु आन्दोलनमा सरिक भएका हुन् | स्वदेश फिर्तीको ढोका खुल्नु पर्ने, नेपालमै बस्न चाहनेहरूलाई स्थानीयकरण गर्नु पर्ने,   तेश्रो मुलुक पूर्नवासको प्रक्रिया असहज भइरहेकोले पूर्नवास हुन चहानेलाई सहज रुपमा ढिलासुस्ती नगरी प्रक्रिया अघी बढाउनु पर्ने, विशुद्ध भूटानी शरणार्थी जो दर्ताविहीन छन् उनीहरूको दर्ता गरिन्नु पर्ने जस्ता मुद्दालाई सम्बन्धित निकायले यथाशीघ्र सम्बोधन गर्नु पर्ने माग शनिबार पत्रकार सम्मेलन मार्फत ब्यक्त गरेका छन् |

क्याम्प व्यवस्थापन समिति पूर्वसचिव यूवराज राईले शरणार्थी प्रतिनिधि मण्डलले सरकारी निकायका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरुलाई भर्खरै काठमाण्डौसम्म पुगेर ज्ञापनपत्र बुझाउदै यस विषयमा ध्यानकर्षण गराएको बताए | बेल्डाँगी शिविर दमकका क्याम्प व्यवस्थापन समिति सचिव टिकाराम रसाईलीले धेरै चोटी शान्तिपुर्ण हिसाबले सबन्धित निकायलाई अपिल गरिसक्दा पनि सुनाई अभएको हुदा अब आन्दोलनको विकल्प नरहेको आशय ब्यक्त गेर । कार्यकर्मका अर्का वक्ता, शरणार्थी क्याम्प शनिश्चरेका सचिव चम्पासिंह राईले शरणार्थी समस्याको दीर्घकालीन समाधानको लागि आफूहरु अब पूर्णरुपमा लागि पर्ने बताए ।

सो कार्यक्रममा स्थानीय सहभागिताको हकमा दमक ३ का वडा अध्यक्ष नवीन बराल, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई, बेलबारी नगरपालिकाकी उपप्रमुख तारा बराजुली, दमक वडा नम्बर ६ का वडाअध्यक्ष टेक बहादुर थापा, २ का अध्यक्ष प्रजापति सपकोटा आदि ब्यक्तित्वहरूले प्रमुखताका साथ आफ्नो उपस्थिति जनाएका थिए | यस मानेमा झापाको दमक, छिमेकी इलामको चुलाचुली र मोरङको बेलबारीका जनप्रतिनिधिहरु समेतले सहभागिता जनाएको उक्त पत्रकार सम्मेलनले सम्बन्धित सबैको ध्यानाकर्षण गर्न सफल भएको बुजिएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here