पेन्सिलभेनियामा गोलीकाण्ड, तीन प्रहरीको मृत्यु

0
12

@newsdeskusa

अमेरिकाको पेन्सिलभेनिया राज्यमा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरी अधिकारीहरू अनुसन्धानका क्रममा रहेका बेला आक्रमणकारीले गोली चलाएको बताइएको छ।

जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले पुष्टि गरेका छन्। घाइते प्रहरीलाई हेलिकोप्टरमार्फत उपचारका लागि अस्पताल लगिएको छ।

घटनास्थल नजिकैको स्प्रिंग ग्रोभ क्षेत्रीय विद्यालयलाई केही समयका लागि बन्द गरिएको थियो। तर, विद्यालय प्रशासनले विद्यार्थीहरू सुरक्षित रहेको र विद्यालय प्रभावित नभएको जानकारी दिएको छ।

प्रहरीले सर्वसाधारणलाई तत्काल कुनै खतरा नभएको भन्दै घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

तस्विरः-बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here