प्रमुख अतिथि ओम अधिकारी गोर्खालीले भाषा संरक्षणमा बालबालिका अघि बढाउन” अनुया बाल प्रतिभा पुरस्कारको घोषण गरे।”

0
274

अर्जुन प्रधान,

त्रिवेणी साहित्य मञ्च ह्यारिस्बर्गद्वारा आयोजित एक भव्य साङ्गीतिक कार्यक्रममा “द भ्वाइस किड्स सिजन-३” की विजेता अनुया तामाङलाई सम्मान गरिएको छ।

मञ्चका अध्यक्ष केशव बैरागी माइलोले कार्यक्रमको अध्यक्षता गरेका थिए भने विशेष अतिथिको रूपमा सामाजिक अभियन्ता बिनय लुइँटेल सहभागी भए।

अनुया तामाङलाई सम्मान पत्र प्रदान गर्दै, मञ्चका उपाध्यक्ष प्रेम घिमिरे, सामाजिक अभियन्ता टि. बि गुरुङ, र गीतकार अगम गुरुङले बधाई ज्ञापन गरे। कार्यक्रमका अन्य आकर्षणहरूमा नव गायिका कुन्ति गुरुङ, अमृता शर्मा, र सरिता सुनुवारद्वारा नेपाली गीतहरू प्रस्तुत गरे। अनुयाका पिता ओम तामाङले पनि आफ्ना अनुभवहरू साझा गर्दै, छोरीको सफलतामा गर्व व्यक्त गरे।

ओम अधिकारी गोर्खालीको प्रमुख आतिथ्य रहेकोे कार्यक्रममा ओम अधिकारी गोर्खालीले “भाषा बचाउन सके मात्र हाम्रो साहित्य र संस्कृति बचाउन सकिने कुरामा जोड दिनुभएको थियो भनि “अनुया बाल प्रतिभा पुरस्कार“को घोषण समेत गर्नु भएको थियो ।

कार्यक्रमका अन्त्यमा, मञ्चका अध्यक्ष केशव बैरागी माइलोले आगामी कथा संग्रह प्रकाशनको घोषणा गर्दै, सुवर्ण शर्मालाई स्वागत गर्ने जानकारी दिएका थिए, जसले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here