पर्दा पछाडिको भूटान’ बारे बहस : आरोप र प्रतिक्रिया

0
281

अर्जुन प्रधान – हालै प्रकाशित पुस्तक भूटान : पर्दा पछाडि (लेखक बलराम पौडेल)लाई लिएर भूटानी समाजभित्र गहिरो बहस सुरु भएको छ।

पुस्तकमा गरिएको केही टिप्पणी र घटनाको प्रस्तुतिलाई लिएर पौडेलका भान्जा गौरशंकर नरौलाले सार्वजनिकरूपमा आपत्ति जनाएका छन्। उनले पौडेलको पुस्तकमा “असत्य, कपोलकल्पित र अतिरञ्जित विवरण” भएको आरोप लगाएका थिए। नरौलाको भनाइमा, भूटानी आन्दोलन र शरणार्थीको संघर्षलाई पुस्तकमा तोडमोड गरिएको छ।

तर पौडेलले भने आफ्नो लेखन अनुभव, तथ्य र दस्तावेजका आधारमा गरिएको दाबी गर्दै नरौलाको आरोप असंगत भएको प्रतिक्रिया दिएका छन्। उनले आफ्नो पुस्तक भोगाइ, साक्षात्कार र प्रमाणित स्रोतमा आधारित रहेको भन्दै आलोचनालाई बेठीक बताउँदै स्पष्टिकरण दिएका छन्।

यसैबीच, चर्चामा भूटानी पत्रकार विद्यापति मिश्र पनि जोडिएका छन्। उनले नरौलाको पत्र पढिसकेपछि प्रतिक्रिया दिँदै भूटानी लेखकहरूको लेखनमा अनुसन्धान र शैक्षिक गम्भीरताको कमी देखिने टिप्पणी गरेका छन्। मिश्रका अनुसार, “सत्य इतिहास केवल व्यक्तिगत सम्झना वा विचार होइन, यो सामूहिक सत्य र प्रमाणित स्रोतमा आधारित हुनुपर्छ।”

तर मिश्रले पौडेलको योगदानलाई सम्मान गर्दै भने, “उहाँले लेखेका तीनै पुस्तक मेरोमा छन्। पुस्तक लेख्न प्रयास र साहस दुवै चाहिन्छ। त्यसैले उहाँ प्रशंसा योग्य हुनुहुन्छ।”

पौडेलको पुस्तक र यसलाई लिएर सुरु भएको पत्राचारले भूटानी समाजमा इतिहास लेखनबारे स्वस्थ बहसलाई जन्म दिएको देखिन्छ।

भूटानी पत्रकार विद्यापति मिश्रले पत्रमा थपेका छन् “ के राजनीतिक नेताले विश्वासिलो इतिहासकार बन्न सक्छन्? यदि सक्छन् भने, कुन आधारमा? के केवल विगतका घटनाहरू लेख्नु नै इतिहास हो? वा इतिहासमा विश्लेषण, सन्दर्भ, विधि र स्पष्ट दृष्टिकोण पनि हुनुपर्छ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here