(नोट: नेपाली भाषी अमेरिकन भूटानी कबि बिष्णु गुरुङको दार्जीलिंगलाई सम्झेर लेखिएको यो कविता तपाई कबि स्वयंको स्वरमा सुन्नु सक्नुहुने छ | )
वीर पुर्खाहरुका नासो त्यो पहाड
कहिले छोग्यालले कोशेली टक्र्याउने
कहिले हिल्मेनले दिन्छु भन्ने
त कहिले बासु र बेनर्जीले दिन्न भन्ने
कहिले पहाडहरुको रानी भन्ने
त कहिले बिरताको खानी
जे भन्दा नि सहिरहने त्यो लाटो पहाड
हिजो जस्तो आज रहेन ।
आजदी लडाईंको प्रत्क्ष्यदर्सी त्यो पहाड
आज त निर्णयक बन्न चाहन्छु भन्छ
सिरुपातेले युद्ध जितिन्न है सधै
बरु गान्धी र बुद्धलाई मान्छु भन्छ
टिस्टा , रंगीत र संसारले पनि देखेका छन
टाशी , सुरज , समिरहरुका रगत
त्यसैले आफ्नै भएर नि आफ्नलाई नभएको त्यो पहाड
हिजो जस्तो आज रहेन ।
नफल्ने झाडिहरु फ्याक्दै सुबास, बिमल, र हर्केहरु
सयपत्री र मखमलि रोप्न खोज्छन
मुक्ति यज्ञमा पोखिएका रगतले
ती फूलहरु सधै सिच्न रोज्छन
मगमगाउने छ बासना भाषा, पहिचन , र जातिय मुक्तिको
अनि वीर गोर्खालीहरुको सपना सुनौलो अक्षरले लेखिनेछ
त्यसैले त सदियौदेखी हेपिएको त्यो लाटो पहाड
हिजो जस्तो आज रहेन ।
लौ अब त पहाडी फूलहरु फूल्न थाल्यो
दबाइका आवाजहरु बुलन्द हुन लाग्यो
अगम, अंबर र सहिदको सपनाहरु पुरा गराउन
हासी हासी गोली थाप्नेहरुको लाम लाग्न थाल्यो
त्यसैले त सदियौदेखी अन्यायले लाटिएको त्यो पहाड
हिजो जस्तो आज रहेन।