साउन २०, २०७४ – भूटानी सरकारको दमनका कारण देश छोडेका नरबहादुर मगर (५०) आठ वर्ष नेपालमा विताएपछि अमेरिका पुगेका छन् । तर अमेरिका पुगेपछि उनलाई एउटा कुराले पिछा छोडेको छैन, नेपालमा चलेको १० वर्षे द्वन्द्व । उनी भन्छन् “माओवादी र सशस्त्र प्रहरीबीचको भीडन्तमा लागेको गोलीको घाउ निको भएको छैन, अस्पताल धाइराख्छु ।”
१ बैशाख, २०६३ को दिउसो बेलडाँगी शिबिरमा माओवादी र सशस्त्र प्रहरीबीच भएको भिडन्तका क्रममा नरबहादुरलाई पनि गोली लागेको थियो । भिडन्तमा सशस्त्र प्रहरीका एकजना जवानको मृत्यु भएको थियो भने नगरबहादुरसँगै सर्वसाधारण रेनुका राई गम्भीर घाइते भएकी थिइन् । पेटको तल्लो भागबाट गोली लागेकी रेनुकाको उपचारका क्रममा तीन महीनापछि मृत्यु भएको थियो ।
गोली चलेको आवाज सुन्ने वितिक्कै पत्नी बिष्णुमाया र नानीहरुलाई बाँसको टाटीबेरा भित्र बाँसैले बनाएको खाटमूनि लुकाएर आफू पनि त्यहिँ कोचिएको बताउदै उनी भन्छन, “अचानक करेण्ट लागे जस्तै भयो । रगतले कपडा र भूइँ भिजिसकेको थियो ।” उनलाई तत्कालै दमकको आम्दा अस्पताल र त्यसपछि धरानको घोपा अस्पतालमा दुईसाता उपचार गरिएको थियो । नेपाल सरकारले द्वन्द्वपीडितले पाउने राहत समेत नदिएको उनी गुनासो गर्छन ।
नेपालको द्धन्द्धको दुखिरहने घाउ बोकेर नरबहादुर ओमाहाको अस्पताल धाइरहन्छन् । गोलीको असर जाडोमा जिउ अरर्रिने र गर्मीमा पोल्ने समस्या यहाँ पनि उत्तिकै छ । शरिरको देव्रेपाटो दुखिरहन्छ । उनको शरिरमा गोली छिरेको लामो समय भएकोले शल्यक्रिया गर्न कठिनाई हुने अमेरिकाका चिकित्सकले बताएको उनी सुनाउछन् । छोराछोरीले कमाएर घरभाडा तिरेर परिवार चलाईरहेका छन् ।
सरकारी दमनका कारण दक्षिण भुटानको साम्ची जिल्ला लेउपानी व्लकको काफ्लेटारको खाईखुराकी राम्रो चल्ने घरबार त्यागेर नेपालमा शरणागत भएका उनी सग्लो शरिर करिव करिव अपांग झैं भएकोमा शारिरिक र उत्तिकै मानसिक रुपमा पनि पिडित छन् । “काम गरेर परिवार चलाउने उमेरमा घाइते भएँ” उनी भन्छन्, “साइनो न सम्बन्धको घटनाले मलाई जीवनभरीलाई पिरको ठुलो भारी बोकाएको छ ।”
त्यही द्वन्द्वमा लागेको घाउ बोकेर उनी ओमाहाको अस्पताल धाइरहन्छन् । गोलीको असरले जाडोमा शरीर दुख्ने र गर्मीमा पोल्ने गरेको उनी बताउँछन् । “शरीरको देव्रेपाटो दुखिरहन्छ, गोली निकाल्न पनि सकिदैन” उनी भन्छन् । शरीरमा गोली छिरेको लामो समय भएकोले शल्यक्रिया गर्न पनि कठिनाइ हुने अमेरिकी चिकित्सकहरुले बताएको उनी सुनाउँछन ।
दक्षिण भुटानको साम्ची जिल्ला लेउपानी ब्लकको काफ्लेटार, खाईखुराकीस्थित घरबार छोडेका उनी नेपालको द्वन्द्वले आफूलाई पनि जीवनभरी अपाङ्ग बनाएको बताउँछन् । “काम गरेर परिवार चलाउने उमेरमा घाइते भएँ, कुनै सम्बन्ध नभएको घटनाले जीवनभरी भारी बोकायो” उनी भन्छन् ।
तीनवर्ष अघि नेपालकाट अमेरिका पुर्नवास पाएका उनको नेव्रास्का ओमाहास्थित डेभनपोर्ट स्ट्रिटमा बस्दै आएका छन् । दुईतले घरमा नौ जनाको परिवारसँगै रहेका उनको स्याहारमा एकजनाले खटिरहनु पर्छ ।
–गोपाल गडतौला, ओमाहा, अमेरिकाबाट
(सामग्री स्रोत : हिमालखबर)