गजल

0
850

स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य:

“गजल”dev

आफू पहाड़ अरु तराई देख्ने ठूलो मान्छे

सधैँ पैतलाले पराई शिर टेक्ने ठूलो मान्छे |

 

कला, साहित्य, शरणार्थी हुँदैन, बुझेर नि

‘शरणार्थी साहित्य’ भनि लेख्ने ठुलो मान्छे  |

 

केही दुनियाँले गुणगान गाइ दिए

हाँसी हाँसी गला रेट्ने ठूलो मान्छे |

 

एक पैसाको योगदान छैन समाजमा

बिकासको मूल छेक्ने ठुलो मान्छे |

 

पसिनाको मोल कति छ समाजमा ?

लुटी खान मरिमेट्ने ठुलो मान्छे  |

‘Dev lama’ //GBLO. …………USA……….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here