(“स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य”)
हिजो सानो छदाँ, आमाको आँखा भरि रहेर
मखमली काँखमा खेल्दै ,रमेर सुनेको
दन्ते कथाको नायक,खलनायकको कथा
दिग्विजयी राजकुमारको कथा
राजा, महाराजा भन्द कौसल
मुख्य मन्त्री र मन्त्रीहरुको कथा
रणभूमीमा ज्यान लिने र दिने
बहादुर र बलवान लड़ाकु, सेनापति
र भारदारहरुको, रगतको होलीको कथा
जूनको देश र सुनको दरबारको कथा
गुलावी, बालक हृदयमा नलेखिएर
लेखिएको, यस्तो जबर जस्त कथा
आज षड्यन्त्र पूर्ण लाग्छ
स्वार्थ पूर्ण लाग्छ
रंग उडेको क्यानभासको आकृति जस्तो लाग्छ
खाली…., खाली लाग्छ, अपूर्ण…. लाग्छ
आज फूलहरु, कोपिलाहरू
जीवनको हाँगाहरुमा,पातहरुमा
सुदूर सपना फुलाउँदै
वायुको रफ्तारमा
समयको पहिरोसंगै बग्दै
सूर्य उदय देखि सूर्य उदयसम्म
खोइ केमा हो …..?
स्वातन्त्र जिन्दगी बन्धकी राखेर
केवल पूर्णत प्राप्तिको आसमा
खाली…..खाली …ठाँउमा
ब्ल्याक होलमा ………
बुद्धा,जीजस, अनि दसरथ पुत्र, भरतको
लुते करंगमा टेकेर ,तँ छाड़ , म छाड़ गर्दै
देवकोटाको गणित मस्तिष्कले हेरेर
रंग उडेको कृतिम हाँसो छर्दै
आरूको बोटमा,मेवा फल्ने आसमा
रोबर्टको जिन्दगी बाँचेको छ…..
सायद ,सानो छदाँ, हृदयमा
ज्ञानी ध्यानीहरुको कथा
महर्षी र महात्माहरुको कथा
बुद्धा र जिजशको कथा
मान्छेको मुटुको क्यानभासमा चित्रण नगरेर होला
मान्छेको हृदयले तिनै कथा श्रवण नगरेर होला
” देव लामा”//GBLO ………USA…….










