@अर्जुन प्रधान
पथरी–शनिश्चरे (मोरङ)मा जन्मिएका पुर्ण बिश्वा केवल अन्तर्राष्ट्रिय रियालिटी शोका प्रतिस्पर्धी मात्र होइनन्, उनी साहित्यकार र असल उद्घोषक पनि हुन्।
साहित्यिक क्षेत्रमा सक्रिय उनले “अमादेवोस्” नामक पुस्तक प्रकाशन गरिसकेका छन्। साथै, विभिन्न कार्यक्रमहरूमा उनले उद्घोषकको रूपमा पनि आफ्नो प्रस्तुति दिँदै आएका छन्।
हाल अमेरिकाको कन्सास राज्यमा बसोबास गर्दै आएका पुर्ण बिश्वा विश्व चर्चित रियालिटी शो Beast Games मा प्रतिस्पर्धीका रूपमा छनोट भएका छन्। यसअघि उनले नेटफ्लिक्सको Squid Game: The Challenge मा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै टप ११ सम्म पुगेर अन्तर्राष्ट्रिय ध्यान खिचेका थिए।

आयोजक पक्षका अनुसार उनको लागि भोट गर्ने व्यवस्था गरिएको छ, जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनको आगामी यात्रालाई अझ अघि बढाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार आजदेखि मे १ सम्म नेपालबाट मात्र उनलाई भोट गर्न सकिने व्यवस्था गरिएको छ। यस अवधिमा दर्शकहरूले तोकिएको आधिकारिक लिंकमार्फत भोट गरी पुर्ण बिश्वालाई समर्थन गर्न सक्नेछन्। नेपालबाट जति धेरै भोट प्राप्त हुन्छ, त्यति नै उनको प्रतिस्पर्धामा स्थान मजबुत हुने अपेक्षा गरिएको छ।












