Speak Up! बाल सुरक्षाको सशक्त आवाज

0
163

“Speak Up!” कल्पना रिजाल र डा. रचना तिवारीद्वारा लेखिएको एक सशक्त बालचित्र पुस्तक हो, जसले बालबालिकालाई शारीरिक सुरक्षा, सहमति र आफ्नो आवाज उठाउनुपर्ने अवस्था बारे सरल र प्रभावकारी तरिकाले सिकाउँछ।

वास्तविक जीवनका उदाहरणहरू र उमेर अनुसारको कथावाचन शैली प्रयोग गरी, पुस्तकले बच्चाहरूलाई विश्वासिला वयस्क पहिचान गर्न, असहज परिस्थितिमा “होइन” भन्न सिक्न र आत्म-सुरक्षाका लागि आत्मविश्वास विकसित गर्न मद्दत गर्छ।

यो पुस्तक केवल बालबालिकाको सुरक्षामै सीमित छैन, यसले अभिभावकहरूलाई पनि कठिन तर आवश्यक कुराकानी सहज र खुला ढंगले गर्न प्रेरित गर्छ। समाज, विद्यालय र परिवारमा यस्ता संवादको खाँचो झन् बढ्दो छ, र “Speak Up!” ले त्यस खाँचोलाई भरपूर सम्बोधन गरेको छ।

अहिले Amazon मा उपलब्ध यो पुस्तक प्रत्येक परिवारको पुस्तकालयमा हुनु आवश्यक छ। ग्लोवलपोस्टले गरेको कुराकानी

प्रस्तुतिः- अर्जुन प्रधान

यस पुस्तकमार्फत तपाईंहरूले के सन्देश दिन खोज्नुभएको छ?

उत्तर:

यस पुस्तकमार्फत हामी आमाबाबु र बालबालिकालाई यौन दुर्व्यवहार सम्बन्धी सचेतना दिन खोजिरहेका छौं। हामीले स्थापना गरेको संस्था तिम्रो सुरक्षा, हाम्रो कर्तव्य (TSHK) ले नेपालमा विद्यालय स्तरमा प्रशिक्षण र कार्यशाला आयोजना गर्दै आएको छ। अहिलेसम्म हामीले ५००० बालबालिकालाई शिक्षित गरिसकेका छौं र ५०० विद्यालय मनोविज्ञहरूलाई तालिम दिइसकेका छौं। साथै, सचेतनामूलक सामग्रीहरू वितरण गरिएको छ।

TSHK संस्था के हो र यसको उद्देश्य के हो?

उत्तर:

TSHK एक गैर-नाफामुखी संस्था हो जसले विद्यालय, घर, र सार्वजनिक स्थानहरूमा बाल यौन दुर्व्यवहारबारे जनचेतना फैलाउने काम गर्छ। यस पुस्तकले यस्तो संवेदनशील विषयमा बच्चासँग कसरी संवाद गर्ने भन्ने कुरा अभिभावकलाई सिकाउँछ, जसले दुर्व्यवहारको रोकथाममा मद्दत पुर्‍याउँछ।

पुस्तकले बच्चाहरूलाई के कुराहरू सिकाउँछ?

उत्तर:

पुस्तकले बच्चाहरूलाई शारीरिक स्वामित्व बारे सिकाउँछ — उनीहरूको शरीर उनीहरूको हो। अप्रिय स्पर्श वा व्यवहार भएमा “होइन” भन्न सक्नुपर्छ। गुप्ताङ्गहरू निजी हुन्छन्। अभिभावकहरू आफ्ना बच्चासँग सहज भाषामा संवाद गर्नुपर्छ र घरमा विश्वासको वातावरण बनाइनुपर्छ। उपयुक्त प्रतिक्रिया अभ्यास गर्नु पनि महत्त्वपूर्ण छ।

लेखकहरू कहाँ जन्मिएका र हाल कहाँ बसोबास गर्छन्?

उत्तर:

डॉ. रचना तिवारी नेपालमा जन्मिएकी हुन्। भने

कल्पना रिजाल भूटानको गाउँमा जन्मिएकी हुन्।

दुवै जना हाल अमेरिकाको म्याडिसन, विस्कन्सिन (Madison, WI) मा बसोबास गर्छौ।

पुस्तकको आवरण चित्रको अर्थ के हो?

उत्तर:

चित्रमा बच्चाहरू स्वतन्त्र रूपमा खेल्दै, आकाशमुनि खुला वातावरणमा रमाइरहेका छन्। यसले बच्चाहरू सुरक्षित र स्वतन्त्र हुनुपर्छ भन्ने सन्देश दिन्छ। लक्ष्य समूह ६–१३ वर्षका बालबालिका र तिनीहरूका अभिभावकहरू हुन्।

पुस्तकमा कसरी शारीरिक सुरक्षाबारे जानकारी दिइएको छ?

उत्तर:

पुस्तकले घर र विद्यालयमा बालबालिकासँग खुला संवाद गर्नुपर्नेमा जोड दिन्छ। साथै, शारीरिक सुरक्षा सम्बन्धी जानकारीसहितका सामग्रीहरू वितरण गरिएको छ।

लेखकहरूको परिचय के हो?

उत्तर:

  • डॉ. रचना तिवारी: नेपालमा जन्मिएकी, दुई छोरीकी आमा, चिकित्सक।
  • कल्पना रिजाल: भूटानमा जन्मिएकी, सामाजिक कार्यकर्ता, दुई छोरीकी आमा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here