डिल्ली अधिकारीलाई “नेपाल सांगीतिक विशिष्ट सम्मान–२०८२” प्रदान

0
321

४३औं विश्व संगीत दिवस २०८२ को अवसरमा नेपालले देश तथा विदेशमा नेपाली कला, संगीत, भाषा र संस्कृतिको प्रवर्धनमा योगदान दिने व्यक्तित्वहरूलाई विशेष सम्मान गर्दै कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

नेपाल सांगीतिक संघको आयोजनामा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको सुरुआत नेपाली सेनाको व्याण्डद्वारा राष्ट्रिय गान बजाएर गरिएको थियो।

सो अवसरमा नेपाली संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने संगीतकर्मी र संस्थाहरूलाई “नेपाल सांगीतिक विशिष्ट सम्मान–२०८२” बाट सम्मानित गरियो।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीलाई नेपाली कला, संस्कृति, गीत र भाषा प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै संघले सम्मानपत्र प्रदान गर्‍यो।

साथै, संगीतकर्मी माणिक रत्न स्थापित, रत्न बेहोसी बज्राचार्य, जीवन आले, राजेन्द्र थापा, डा. भोला रिजाललाई पनि सम्मान गरियो।

कार्यक्रममा मन्त्री पाण्डेले नेपालको सांगीतिक, भाषिक र सांस्कृतिक विविधता विश्वभर फैलिएको र नेपाली गीतसंगीतले अन्तर्राष्ट्रिय पहिचान बनाइरहेकोमा प्रसन्नता व्यक्त गरे।

नेपाल सांगीतिक संघका अध्यक्ष नारायण गोपाल सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगीतकर्मी, गायक-गायिका, स्रष्टा, सञ्चारकर्मी, तथा विविध संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

@newsdeskusa(काठमाडौँ)

अर्जुन प्रधान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here