नेतृत्वमा भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा नयाँ कार्यसमिति गठन

0
85

बेलायत, जुन २०२५ — विश्व नेपाली साहित्य महासंघ, मिडल्याण्ड शाखा बेलायतले सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ पदाधिकारीहरुको नामावली सार्वजनिक गरेको छ। साहित्यिक, सांस्कृतिक तथा सिर्जनात्मक योगदानलाई अगाडि बढाउने उद्देश्यसहित गठन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा भरतकुमार श्रेष्ठ ‘विवश’ चयन हुनुभएको छ ।

तीन जना उपाध्यक्षको टोलीमा बाबुराम भुषाल ‘शिल’, प्राध्यापक डा. ओम कुर्मी, र हरिशचन्द्र नेपाली रहेका छन्। महासचिवको जिम्मेवारी प्राध्यापक डा. प्रदिप लामिछानेलाई भने उपसचिवका रुपमा ललित परियार चयन हुनुभएको छ ।

https://youtu.be/HNFBmJAbxB0?si=Gjpsy28hZsTzxN2F

संगठनको आर्थिक पक्ष सम्हाल्ने कोषाध्यक्षको जिम्मेवारी कल्पना दाहालले लिनु  भएको छ ।

नयाँ कार्यसमितिमा विविध पृष्ठभूमिका साहित्यप्रेमीहरुको प्रतिनिधित्व रहने गरी सदस्यहरुमा एलिना संग्रौला, ज्ञानु दाहाल, सत्य श्रेष्ठ, प्रकाश आचार्य, सीता पौडेल, राजन खनाल, सरोज पौडेल र कला पोखरेललाई समावेश गरिएको छ।

त्यसैगरी, सल्लाहकार परिषद्‍मा चर्चित कथाकार, निबन्धकार, कवि तथा गजलकार डा. टिका भण्डारी तथा गजलकार डा. सुधा शाही रहेका छन्, जसले संगठनको बौद्धिक तथा सृजनात्मक मार्गदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नयाँ कार्यसमिति घोषणा समारोहलाई विशेष बनाउँदै एनआरएनएका उपाध्यक्ष विश्वासदेव तिगेलाको प्रमुख आतिथ्यता रहेको थियो। साथै, GFNL का उपाध्यक्ष डेन्जोम साम्पाङ, उपाध्यक्ष ब्रायन हिटन र दीपा राई पुन पनि विशेष अतिथि रहेका थिए।

कार्यक्रममा नयाँ नेतृत्वको स्वागत, साहित्यिक प्रदर्शनी र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिए। सहभागी अतिथिहरुले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा यस्ता संगठनहरुको भूमिका अपरिहार्य रहेको भन्दै शुभकामना व्यक्त गरे।

नयाँ कार्यसमितिबाट बेलायतमा नेपाली साहित्यको विकास र प्रवर्द्धनमा थप गति आउने विश्वास गरिएको छ।

@ग्लोबलपोस्ट 

अर्जुन प्रधान

नेपाली मन र नेपाली पनका लागि सधैब नजिक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here