अर्जुन प्रधान
वि.भू.सा.सं. (विश्व भूटानी साहित्यिक संगठन) द्वारा हरेक तीन वर्षमा आयोजना हुँदै आएको बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान(GICC) को छैठौं संस्करण आगामी जुन १३ देखि १५ सम्म नेदरल्यान्ड्सको डेल्फ्ट र हेग शहरहरूमा आयोजना हुने भएको छ। नेपाली भाषा, कला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान सुदृढ पार्ने उद्देश्यले आयोजना हुन लागेको यो सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली भाषी साहित्यिक प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने आयोजकको भनाइ छ।
वि.भू.सा.सं.को स्थापना सन् २००९ मा भएको हो। सन् २०१२ मा पहिलो GICC आयोजना गरिएपछी, क्रमशः २०१४, २०१६, २०१९ र २०२२ मा दोस्रोदेखि पाँचौं संस्करणसम्मको सफल यात्रा तय भइसकेको छ। अबको छैठौं संस्करणले संगठनको निरन्तर प्रयास र समर्पणको प्रतीकस्वरूप, विश्वभरका नेपाली भाषी समुदायलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय सृजनात्मकता र एकताको गौरवमय महाउत्सव
महासचिव पातलो अन्तरेका अनुसार, “GICC केवल साहित्यिक उत्सव मात्र होइन, यो नेपाली भाषी समुदायको अन्तर्राष्ट्रिय एकता, सृजनात्मक अभिव्यक्ति र सांस्कृतिक पुनर्जागरणको प्रतिविम्ब हो। यसभित्र कविता, कथा, नाटक, गीत, संगीत, नृत्य र विविध प्रस्तुतिहरू समावेश हुनेछन् जसले विश्वभर रहेका नेपाली भाषीहरूको प्रतिभा उजागर गर्नेछ।र GBLO को नयाँ कार्य समिती पनि प्रत्येक ३ वर्षमा यसै कार्यक्रम मार्फत घोषणा गरिनेछ।”

कार्यक्रम संयोजक डिपी शर्मा मैनालीका अनुसार, “कार्यक्रमको प्रमुख आकर्षणमा सिर्जनात्मक कविता वाचन, पुस्तक विमोचन, सम्मान समारोह, सांस्कृतिक प्रदर्शनी, संगोष्ठीहरू, दर्शन-आधारित अन्तक्रिया तथा विश्वशान्तिको सन्देश बोकेको साइकल यात्रा रहेको छ। यस अवसरमा साहित्य, संस्कृति र समर्पणको उच्च मान राख्ने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ।”
तीन दिन, तीन स्थान — एउटै भावना
पहिलो दिन (जुन १३):
स्थान: TU Delft, Leegwaterstraat 17, 2628CB, Delft
कार्यक्रम:
B34 हलमा उद्घाटन सत्रसँगै “विज्ञान र स्वीकारोक्ति” शीर्षकमा विशेष सम्मेलन आयोजना गरिनेछ, जसमा विज्ञान तथा दर्शन सम्बन्धी अनुसन्धानपत्रहरूको प्रस्तुति हुनेछ।
दोस्रो दिन (जुन १४):
स्थान: ASAN Netherlands, Le van den Kustrraat 75, 2521AS, The Hague
कार्यक्रम:
कविता, गीत, नृत्य, बालबालिकाका लागि निबन्ध लेखन प्रतियोगिता, साथै “स्वीकारोक्ति दर्शन—शान्ति, प्रगति र समृद्धिको बाटो” विषयमा विशेष सत्र सञ्चालन हुनेछ।
तेस्रो दिन (जुन १५):
स्थान: The Hague University of Applied Sciences, Johanna Westerdijkplein 75, 2521EN, The Hague
कार्यक्रम:

“स्वीकारोक्ति शान्ति साइकल यात्रा” मार्फत Peace Palace, अन्तर्राष्ट्रिय अपराध अदालत, डच संसद क्षेत्र घुमी विश्वविद्यालयमै समापन सभासहितको समारोही घोषणा गरिनेछ। त्यसपछि सम्मान तथा समापन समारोह आयोजना हुनेछ।
सहभागिता, समर्पण र सम्भावनाहरू
छैठौं GICC मा नेपाली साहित्यमा योगदान पुर्याएका वरिष्ठ व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिनेछ। साथै, प्रवासी नेपाली समाजमा उल्लेखनीय भूमिका निभाउने व्यक्तिहरूलाई पनि विशेष सम्मान र कदर गरिने अध्यक्ष कर्ण गुरूङले जानकारी दिएका छन्। प्रत्येक ३ वर्षमा हुने GICC मा रू. ६००००० बराबरको “स्वीकारोक्ति शिद्धि पुरस्कार” नेपाली भाषा-साहित्यमा योगदान पुर्याउने विशिष्ठ व्यक्तिलाई प्रदान गरीन्छ। यस कार्यक्रममार्फत नयाँ पुस्ताका लेखक र कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिने र सृजनात्मक प्रतिभालाई उजागर गर्ने लक्ष्य लिएको उनले स्पष्ट पारे।
वि.भू.सा.सं.मा अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड, बेलायत, नेपाल, भारत र विभिन्न युरोपेली राष्ट्रहरूबाट नेपाली भाषी प्रतिनिधिहरूको उपस्थिति रहनेछ। यस सहभागिताले नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय पहुँचलाई अझ विस्तार गर्नेछ।
संयोजक मैनाली भन्छन्, “यो सम्मेलन केवल कार्यक्रम होइन, डायस्पोरा नेपाली समुदायको गौरवको उत्सव हो। हामीले सुरु गरेको यात्राले आज संसारभर नेपाली सृजनशीलताको गूँज फैलाएको छ। २१औँ शताब्दीका लागि सिर्जनात्मक, सचेत र संस्कारयुक्त नयाँ पुस्ता तयार पार्ने हाम्रो अभियान यो सम्मेलनको केन्द्रमा रहेको छ।”
सम्पर्क तथा संयोजन
कार्यक्रम समन्वयक:
• डिपी शर्मा मैनाली — फोन: 0658821954
सह-संयोजकहरू:
• कर्ण गुरुङ — 402 452 8804
• पातलो अन्तरे — 817 219 7162
• जय बन्तवा — 470 334 1575
इमेल:
• dp_mainali@hotmail.com
• gblo.org@gmail.com
वेबसाइट: www.gblo.org
सञ्जाल सञ्जालमा: YouTube, Facebook, WhatsApp
मिडिया साझेदारहरू:
• भूटान दर्पण
• Global Postinfo
• नेपाली साहित्य
स्थानीय आयोजक:
• नेपाली भाषी इन्जिनियर संघ, नेदरल्यान्ड्स
समर्थक संस्था:
• TU Delft
• The Hague University
• ASAN Netherlands
स्थापक अध्यक्ष डेन्जोम साम्पाङ राईका अनुसार, “छैठौं GICC ले नेपाली भाषी सर्जकहरूलाई एक मञ्चमा एकत्रित गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय धरोहर निर्माणमा ऐतिहासिक योगदान पुर्याउने छ। र प्रत्येक ३ वर्षमा हाम्रै समाजका एक युवा लेखक दिनेश चाम्लिङ को सम्झनामा “दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार” पनि प्रदान गर्दै आएको छ।”
