नेपाली भाषी सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा चम्काउने ‘इन्ट्रा’ को ऐतिहासिक अभियान

0
50

अर्जुन प्रधान

अमेरिकामा स्थापित इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका द्वारा सुरु गरिएका दुई सांस्कृतिक रियालिटी कार्यक्रम—मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स—हाल विश्वभर छरिएर रहेका नेपाली भाषीजाती समुदायहरूमा विशेष चर्चा र गर्वको विषय बनेका छन्।

नेपाली भाषीहरूको मौलिकता, कला र पहिचानलाई विश्वव्यापी बनाउने उद्देश्यले आरम्भ गरिएका यी कार्यक्रमहरूले नेपाली समाजको सांस्कृतिक आत्मबोधलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने ऐतिहासिक अवसर उपलब्ध गराएका छन्।

इन्ट्रा को कुशल नेतृत्व र समर्पित कार्यसमूहको निरन्तर प्रयत्नले जन्म दिएका यी कार्यक्रमहरूले नेपाली भाषा, गीत-संगीत तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने काम गरिरहेका छन्।

यसअघि ः-https://globalpostinfo.us/?p=17624

मेरो भ्वाइस युनिभर्स ले स्वरमार्फत नेपाली साहित्य र संगीतको महत्व उजागर गरिरहेको छ भने मेरो डान्स युनिभर्स ले नृत्यकला र शारीरिक अभिव्यक्तिको माध्यमबाट नेपाली संस्कृतिको प्रस्तुति गरिरहेको छ।

यी ऐतिहासिक कार्यक्रमहरूमा नेपाली भाषी युवाहरूको उत्साहजनक सहभागिता, आकर्षक प्रस्तुति र गहिरो भावनात्मक ऊर्जा देख्दा, विश्वभर छरिएर रहेका नेपाली समुदायहरू एकै भावनात्मक सूत्रमा बाँधिएको अनुभव मिलेको छ।

यस सांस्कृतिक सफलताको पृष्ठभूमिमा विश्व भूटानी साहित्यिक संगठन (GBLO) ले आयोजक संस्था इन्ट्रा, सबै सहभागी कलाकारहरू, निर्णायक मण्डल तथा प्राविधिक टोलीलाई हार्दिक बधाई दिँदै कार्यक्रमप्रति उच्च सम्मान व्यक्त गरेको छ।

संस्थाका अध्यक्ष कर्ण गुरूङ र महासचिव पातलो आन्तरे ले संयुक्त रूपमा जारी गरेको शुभकामना सन्देशमा यस्ता सिर्जनात्मक प्रयासहरूले नेपाली भाषाको संरक्षण, मौलिक गीत-संगीतको प्रवर्द्धन तथा साहित्यिक चेतनाको वृद्धिमा ऐतिहासिक योगदान दिने उल्लेख गरिएको छ।

GBLO ले आगामी दिनमा पनि यस्ता अभियानहरूसँग सहकार्य गर्दै, नेपाली भाषा, साहित्य तथा संस्कृतिको सम्वर्द्धनमा निरन्तर ऐक्यबद्धता जनाउँदै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स केवल मनोरञ्जनात्मक रियालिटी कार्यक्रम होइनन्; यी कार्यक्रमहरू नेपाली समुदायको आत्मसम्मान, पहिचान र सांस्कृतिक उत्तराधिकारप्रतिको दृढ समर्पणको प्रतिक बनेका छन्।

विश्वका विभिन्न कुनामा रहेका नेपाली भाषी प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याई, उनीहरूको सिर्जनात्मकता मार्फत नेपाली संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने यो अभियान अब नयाँ उचाइमा पुगेको छ।

इन्ट्रा को नेतृत्वमा अघि बढाइएको यो सांस्कृतिक जागरण सम्पूर्ण नेपाली समाजको लागि गौरवको स्रोत बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here