खड्क गजमेरको शब्दमा -‘जात’ गित सर्वजनिक

0
31

अर्जुन प्रधान  

नेपाली संगीत प्रेमीहरूका लागि एक गहिरो भावनात्मक कथा बोकेको नयाँ गीत जात हालै यूट्युबमा सार्वजनिक भएको छ। खड्क कुमार गजमेरको प्रस्तुति रहेको यस गीतले पहिचान, संघर्ष र प्रेमको गहिरो अनुभूति दर्शकहरूसामु प्रस्तुत गरेको छ।

गीतमा स्वर दिएका छन् हरी गजमेरले भने शब्द खड्क कुमार गजमेर स्वयंले लेखेका हुन्। संगीतकार कर्म ग्याल्छेन बम्जनको सुरिलो संगीत र “Music & Voice Studio” मा तयार भएको यस गीतले सांगीतिक र भावनात्मक दुवै पक्षलाई एकसाथ उजागर गर्दछ।

गीतमा चन्द्र गजमेर(बाबा), लछी जग गजमेर(आमा), बसन्त विश्वकर्मा, सीता गजमेर, निरञ्जन श्रेष्ठ, र प्रमिला श्रेष्ठको अभिनय रहेको छ। उनीहरूले जातीय पहिचान, सामाजिक विभाजन र प्रेमको कथालाई अत्यन्त प्रभावशाली रूपमा भिडियोमा विशेष अभिनय प्रस्तुत गरेका छन्।

भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने निर्देशन विशाल घिमिरेले गरेका छन्। सम्पादन तथा रङ संयोजन नविन घर्ती मगरले गरेका छन्। सम्पूर्ण पोस्ट प्रोडक्सन एड्भेन्चर इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण पक्षले सम्पन्न गरेको छ।

साथै गजमेर परिवार र शंकर परिवारलाई विशेष धन्यवाद दिँदै भिडियोको अन्त्यमा श्रद्धा प्रकट गरिएको छ।

यो गीत अहिले यूट्युबमा ‘Khadka Gajmer’ को अफिसियल च्यानलमा उपलब्ध छ। समाजको यथार्थ र भावना मिसिएको यस्तो प्रस्तुति नेपाली संगीतप्रेमीहरूले छुटाउनु हुँदैन।

यस गितका गितकार खड्क कुमार गजमेर नेपाली भाषी भूटानी गायक तथा लेखक हुन् । गजमेरले यो भन्दा अघिनै समाजमा भएको माया प्रेमको परिवर्तनका लागि “काली” एल्बम निकालि सकेका छन् ।

 खड्क गजमेरले भने “हाम्रो पहिचान जन्मले होइन, कर्मले बनिन्छ। ‘जात’ मेरो कलमबाट बगेको त्यो पीडा हो, जुन समाजले लेखेको तर हामीले सहनु परेको कथा हो। यो गीत केवल शब्दहरू होइन, हाम्रो आवाज हो – आत्मसम्मान र प्रेमका पक्षमा उभिएको छ।” यो गित “जात “सबैमा बिन्ती छ एक चोटी हेरेर सल्लाह- सुझाब गरिदिनु होला । 

हेर्नुहोस्: JAAT https://youtu.be/7XdVYfr5qrk?si=ZzIbO9PYnStO0Qg8

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here