पेन्सिलभेनियामा ‘न्यू अमेरिकन चेम्बर अफ कमर्स’ को पाँचौं नेटवर्किङ कार्यक्रम सम्पन्न

0
18

अर्जुन प्रधान/ ह्यारिसबर्ग — ‘न्यू अमेरिकन चेम्बर अफ कमर्स’ (NACC) ले पेन्सिलभेनियामा आफ्नो पाँचौं नेटवर्किङ कार्यक्रम सम्पन्न गरेको छ।
ह्यारिसबर्गस्थित ‘लाकी फ्राइड चिकेन’ मा आयोजित कार्यक्रममा केन्द्रीय पेन्सिलभेनियाका करिब ४० जना व्यवसायिक व्यक्तिहरूको सहभागिता रहेको सचिव लक्ष्मी दुलालले जानकारी दिएका छन्।


कार्यक्रममा नील एच भण्डारी र डा. राचेल नट्सले “द वेट अफ विज्डम – फ्रम द प्याक टु द पीक” विषयमा सम्बोधन गर्दै नेतृत्व विकास, दीर्घकालीन सोच तथा व्यवसायिक चुनौती व्यवस्थापनका विषयमा विचार व्यक्त गरेका थिए।
सहभागीहरूले स्थानीय व्यवसायसँग सम्बन्धित चुनौतीबारे सर्वेक्षणमार्फत धारणा व्यक्त गरेका थिए।

https://www.facebook.com/share/v/1EjihxShv1/?mibextid=wwXIfr


यसअघि, ‘न्यू अमेरिकन चेम्बर अफ कमर्स’ पेन्सिलभेनिया राज्यमा आधिकारिक रूपमा दर्ता भइसकेको छ। संस्थाले समावेशी र सशक्त व्यवसायिक सञ्जाल निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
चेम्बरले आगामी दिनमा यस्ता नेटवर्किङ कार्यक्रम, शैक्षिक सत्र तथा सामुदायिक पहललाई निरन्तरता दिने सचिव दुलालको जानकारी छ।

Photo:- krishna singh pradhan and laxmi Dulal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here