समाजसेवी कृष्ण सुनारद्वारा उहाँको छोराको जन्मोत्सवमा काठमाडौंका सडकमानवहरुलाई भोजन सेवा

0
46

समजसेवी कृष्ण सुनारले उहाँको छोरा क्रियान्सको जन्मोत्सवको शुअवसरमा श्रावण ३१ गते काठमाडौंका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका वृद्ध, अशक्त, शारीरिक तथा मानिसक अपाङ्गता भएका सयौं व्यक्ति तथा बालबालिकाहरुलाई भोजन सेवा गराउनुभएको छ ।

पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नं. १ मा पिता देव बहादुर सुनार र माता पुतली सुनारको कोखबाट विश्वको गुरु देश नेपालमा जन्मनुभएका कृष्ण सुनार हाल रोजगारीको सिलसिलमा बहराइनमा हुनुहुन्छ । सरिता घतानसँग विवाह बन्धनमा बाँधिनुभएको कृष्ण सुनारका दुई सन्तान एक छोरी र एक छोरा छन् । उहाँ हाल पर्वत सेवा समाज बहराइनको अध्यक्ष हुनुहुन्छ । उक्त समाजबाट विभिन्न सामाजिक सेवा तथा पारोपकारका क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएको छ ।

उहाँले विगत पाँच वर्षदेखी काठमाडौं उपत्यका भित्र रहेका भोका प्यासा (सडक आश्रित) सडकमानवहरुलाई खाना खुवाउँदै आएका युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’लाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो ।

मिजासिलो स्वभावका कृष्ण सुनार सबैका लागि प्रेरणाका श्रोत हुनुहुन्छ । सबै सेवाहरुभन्दा भोजन सेवा नै सबै भन्दा ठूलो मानवीय धर्म हो भन्ने पवित्र सोचका धनी उहाँ भन्नुहुन्छ, “मरेपछि गरिने दान भन्दा जिउँदो हुदा गरिएको दान लाखौं गुणा ठूलो हुन्छ । जो भोको छ उसको लागि सहयोग गर्दा मलाई सन्तुष्टि प्राप्त हुन्छ । हाम्रो सानो सहयोगको भोकले नियाउरो भएर कलेटी परेका नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा ससाना नानीबाबुहरुको ओठहरुमा मन्द मुस्कान प्रदान गर्न सकिन्छ भने किन नगर्ने ? मैले नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले गर्ने ???” ।

अन्तमा समाजसेवी कृष्ण सुनार भन्नुहुन्छ, “धर्मो रक्षति रक्षित” हामी मानवहरुले सबैभन्दा ठूलो धर्म भनेकै सेवा हो, सेवामा पनि सबैभन्दा ठूलो सेवा भोजन सेवा हो । भोजन दान सबैभन्दा ठूलो दान भनेर श्रीशिवमहापुराणको उमा संहिताको अध्याया एघारमा अन्न दानको वृहत महिमा वर्णन गरिएको छ । यो संसार अन्नमय छ । संसारभर रहेका हरेक जीव जीवात्माहरुलाई अन्नको आवश्यकता पर्दछ । अन्नदान गर्नु भनेको प्राण बचाउनु हो । प्राण बचाउने काम भगवान् विष्णुको हो । अतः हामी मानवको सबैभन्दा ठूलो धर्म भनेको नै सेवा हो । हामीले धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्छ ।

समाजसेवी कृष्ण सुनारले दानहरुमध्येको सबैभन्दा ठूलो दान भोजन दान जस्तो पवित्र सेवामा सबैलाई सकेको सहयोग गर्नका लागि अपिल पनि गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here