ग्लोबल पोष्टइन्फो | २०८१ श्रावण २८
समाजसेवी, साहित्यकार, र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सृष्टि गर्ने, जन्माउने आमालाई प्रदान गरिने “मौलशोभा आमा सम्मान” को स्थापना गरिएको घोषणासँगै पहिलो वर्षको सम्मान समाजसेवी तथा साहित्यकार , गीतकार दीपा राई पुनकी आमा, विमला राईलाई प्रदान गरिने निर्णय गरिएको छ।
रु. ५०,०००/- (पचास हजार रुपैयाँ) सम्मान राशी र ताम्रपत्रसमेत रहने उक्त सम्मान अनलाइन अभिलेख प्रा.लि.का संस्थापक डा. पुरण राईले आफ्नी आमा मौलशोभा राईको नाममा स्थापना गरेका हुन्। विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरू सम्मान गर्ने चलन नौलो होइन तर ती व्यक्तित्वहरूलाई जन्म दिने जननीहरूलाई सम्मान प्रदान गर्ने परिपाटी बिरलै पाइन्छ । त्यसैले “मौलशोभा आमा सम्मान”को स्थापनाले नयाँ आयामको श्रीगणेश गरेको छ सर्वसाधारणको बुझाई छ |
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको संयोजकत्वमा डा. सुकराज राई, सिद्धराज राई, विमला तुम्खेवा, र कमल ज्ञवाली रहेको निर्णायक समितिले विमला राईको नाम सिफारिस गरेको थियो।
आफ्नो जन्मदिनको अवसरमा उक्त सम्मानको घोषणा गर्दै भने, “स्रष्टा र साहित्यकारले सामान्यतया पुरस्कार र सम्मान प्राप्त गर्न सक्छन्, तर उहाँहरूको आमालाई सम्मानित गर्नु विशेष कुरा हो। यसले आमाको समर्पण र योगदानलाई पनि उत्साह दिन्छ।”
साहित्यकार दीपा राई पुनकी आमा हुनुहुन्छ विमला राई । दीपा राई पुनले नेपाली साहित्यमा मात्ठूर नभएर समाज सेवामा पनि उल्लेखनीय योगदान पुर्याएकी छिन् ।