साहित्य परिषद् भूटानको सम्मेलन क्यानाडामा सम्पन्नः-कला, साहित्य तथा भाषामा निरन्तर योगदान पुर्याउने स्रस्टालाई सम्मान

0
61

विन्डसर, १८ अगस्ट २०२४
अर्जुन प्रधान

साहित्य परिषद् भूटानले आफ्नो वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा भव्य साहित्यिक सम्मेलनसहित सम्पन्न भयो। उक्त समारोह जुलाई १७ तारिखका दिन क्यानाडा शाखाका अध्यक्ष खगेन्द्र गौतमको नेतृत्वमा आयोजित गरियो।

कार्यक्रममा भूटानी समुदायका विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मानित गरियो। अर्जुन प्रधानलाई पत्रकारितामा, केशब बैरागि माइलोलाई साहित्य तथा भाषा सम्पादनमा, अर्जुन रसाइलीलाई सांगीतिक योगदानका लागि, कृष्ण ादंगाल र गोमा अधिकारीलाई नेपाली कक्षा संचालनमा, तथा आर. बि. खण्डका र डि. पि. ओस्तीलाई गीत, संगीत, र साहित्यमा योगदान पुर्याएको भन्दै परिषद् भूटानले सम्मान पत्र प्रदान गर्‍यो। प्रमुख अतिथि गीता खत्री र संस्थाका अध्यक्ष खगेन्द्र गौतमले हस्ताक्षर गर्दै सम्मान पत्र प्रदान गरे।

यस अवसरमा प्रहेलिका उपन्यासका लागि जे. एन. दाहाललाई ‘हिमटीका आख्यान पुरस्कार’ प्रदान गरियो, जसमा एक हजार एक सय डलर नगदसहित प्रमाण पत्र पनि प्रदान गरियो।

कार्यक्रममा डा. लक्ष्मी नारायण ढकालले ‘भाषाको समस्या र समाधानको दिशा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे। भक्त घिमिरेले ‘देश सम्झने प्रस्तावना’, र भोला सुवेदीले ‘हाम्रो भाषा संस्कृति र पहिचानको लक्ष्य चिन्तन’ विषयमा तीन कार्यपत्र प्रस्तुत गरे। बाल प्रतिभाहरू क्षितिज गौतम र निकुम्ज आचार्यले कविता वाचन गरे, र रिया र रिदम रिजालले ‘फूलको आँखामा’ गीत प्रस्तुत गरे।

संस्थाले ३०औं वार्षिकोत्सवमा पुराना सदस्यहरू—भोला सपाकोटा, डा. लक्ष्मी नारायण ढकाल, भवानी अधिकारी, मनोज राई, लिला निशा, र खेम साण्डिल्यलाई सम्मानित गर्‍यो।

तसर्थ, स्व. देविभक्त लामिटारेकृत ‘दन्किँदो भूटान’, बी. पी. शर्माकृत ‘म सिङ्गै हराउन लागिरहेको छु एउटा शहर भित्र’, तुम्बेहाङ लिम्बुकृत ‘आगोको बिउ’, र हेम गुरगाईं द्वारा अनुदित पुस्तक ‘दि प्लेग- विटनेस’ को विमोचन गरियो। लेखक र प्रकाशकहरूले भूटानी साहित्यको विकास र संरक्षणमा नेपाली भाषी भूटानी पाठकको महत्त्वबारे प्रकाश पारे।

कविता वाचन कार्यक्रममा नवीन प्राचीन, विश्वास लामा, ओम ढुंगेल, जय हुँमगाई, मदन दुलाल, भरत तिम्सिना, धर्मेन्द्र तिम्सिना “क्षितिज”, तुलसा अधिकारी, सिद्धान्त ढुंगाना, हर्षित सिग्देल लगायतका नयाँ र पुराना स्रष्टाहरूले रचना वाचन गरेर कार्यक्रमको गरिमा बढाए।

प्रमुख अतिथि गीता खत्रीले आफ्नो कविता मार्फत नेपाली स्रष्टा र नेपाली भाषी भूटानीहरू बीचको प्रगाढ सम्बन्धले साहित्य विश्वभर फैलिँदै गएकोमा खुशी व्यक्त गरिन्। कार्यक्रममा अष्ट्रेलियामा काम गरीसकेका ओम ढुंगेल, ओहायो सिटी काउन्सिलर भुवन प्याकुरेल, अनेसासका भूपू अध्यक्ष गोवर्धन पुजा, विमला ढुंगाना, डा. गोविन्द सिंह रावत, चित्र प्रधान, राम खत्री, लिला निशा, कलाकार मनोज राई लगायत अमेरिका र क्यानाडाबाट तीन दर्जन भन्दा बढी लेखकहरूको उपस्थिति थियो।

संस्थाका केन्द्रीय अध्यक्ष गंगा लामिटारेले “एक्लै यो भाषा साहित्यको लडाईं अघि जान सक्दैन, यसलाई बचाउन र अघि बढाउन नयाँ पुस्तालाई आग्रह गर्‍यो। स्थापना कालदेखि सक्रिय लामिटारेले परिषद् अघि बढाउन २५ हजार डलरको अक्षयकोष स्थापनाका लागि प्रतिबद्धता जनाए।

समारोहले भूटानी साहित्यमा नयाँ ऊर्जा र प्रेरणा थप्न महत्वपूर्ण योगदान पुर्याएको सचिव खेम रिजालले बताए। त्रिभुवन विश्वविद्यालयका दिवंगत प्रोफेसर तथा कृषि वैज्ञानिक डा. गोविन्द रिजाललाई श्रदाञ्जली अर्पण गर्दै अघि बढेको कार्यक्रमलाई लेखक खेम रिजाल र डि. बी. ओस्तीले सञ्चालन गरे। क्षितिज गौतमले ‘भूटनीज लिटरेचर’ साइटका बारेमा चर्चा गरे, जसले १५ वर्षदेखि चार हजारभन्दा बढी सृजनाहरू संकलन गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here