द लिटरेरी सोसाइटी अफ भुटानको नयाँ कार्यकारी समिति गठन, प्रमुख अतिथि बलराम पौड्यालको विशेष सम्बोधन

0
140

अर्जुन प्रधान , अमेरिका,

द लिटरेरी सोसाइटी अफ भुटान (LSB) को हालै सम्पन्न कार्यक्रममा नयाँ कार्यकारी समिति गठन गर्दै संस्थाको भावी दिशा तय गर्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ। तिलक राईको सभाध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि बलराम पौड्याल हुनुहुन्थियो , जसले कार्यक्रमलाई भव्य र औपचारिक बनाएको थियो ।

कार्यक्रमको पहिलो चरणमा LSB को तर्फबाट स्वागत मन्तव्य राख्दै गजलकार अविलाल राईले अतिथिहरूलाई स्वागत गर्नुभयो। दोस्रो चरणको बन्दसत्रमा विधानमा छलफल गरियो, जसमा आवश्यक परिमार्जन र संशोधनहरू पारित गरियो। सभाध्यक्ष तिलक राईले भुटानी साहित्यको संक्षिप्त सिंहावलोकन प्रस्तुत गर्नुभयो, जसले कार्यक्रममा उपस्थित सदस्यहरूलाई भुटानी साहित्यको वर्तमान अवस्थाबारे जानकारी गरायो। दिल भुटानीले द लिटरेरी सोसाइटी अफ भुटानको नीति तथा आगामी कार्यक्रमहरूबारे प्रस्तुति दिनुभयो। आर्थिक प्रतिवेदन थिरु घिमिरे ‘विकल्प’ द्वारा प्रस्तुत गरिएको थियो, जसको जानकारी सचिव वीरेन मगरले दिनुभयो।

तेस्रो चरणमा सर्वसम्मत रूपमा नयाँ कार्यकारी समितिको चयन गरियो। जसमा तिलक राई पुनः अध्यक्षमा चयन हुनुभएको छ। नयाँ कार्यकारी समितिमा निम्न पदाधिकारीहरू नियुक्त भएका छन्:

  • अध्यक्ष:तिलक राई
  • उपाध्यक्ष:दिल भुटानी
  • सचिव:वीरेन मगर
  • कोषाध्यक्ष:थिरु घिमिरे ‘विकल्प’

सदस्यहरूमा अविलाल राई, गणेश धिमाल, र मिरादेवी घिमिरे चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि बलराम पौड्यालसँगै विशेष अतिथिहरूको उपस्थिति पनि उल्लेखनीय थियो। विशेष अतिथिहरूमा सञ्चहाङ सुब्बा (शिविर सचिव), आशा राई (शिविर उप-सचिव), डी.बी. सुब्बा (भु.पु. सचिव), देवीदास राई (सिनियर शिक्षक), चिरञ्जीवी घिमिरे (पत्रकार, नयाँ पत्रिका), र रिन्जिन दोर्जी (छाङ्लाभाषी अगुवा, DNC का नेता) उपस्थित थिए।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि बलराम पौड्यालले नयाँ समितिलाई शुभकामना व्यक्त गर्दै भुटानी साहित्यको प्रवर्द्धनमा थप योगदान दिन आग्रह गर्नुभयो। कुल सात सदस्यीय कार्यकारी समितिको गठनले भुटानी साहित्यिक समाजको भावी दिशा र कार्यक्रमलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here