सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता आयोजना हुने

0
52

अर्जुन प्रधान

पेन्सिलभेनियामा “सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता आयोजना हुने भएको छ। यो कार्यक्रम ७ सेप्टेम्बर, २०२४ मा ह्यारिसबर्गमा हुनेछ। कार्यक्रम क्रियमाण नामक गैर-नाफामूलक संस्थाले आयोजना गर्दैछ, जसले भुटानी शरणार्थी समुदायको सशक्तिकरण र सांस्कृतिक सम्पदाको संरक्षणमा काम गरिरहेको छ।

यस प्रतियोगितामा भुटानी युवाहरूले नेपाली भाषामा लेखिएका कथाहरू पढ्नेछन्, जसमा समुदायका जीवनशैली, संघर्ष, बल, र महत्त्वपूर्ण घटनाहरूको कथा समावेश हुनेछ। प्रतियोगिता बिहान ११ बजे सुरु हुनेछ, र प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गर्ने प्रतियोगीहरूले क्रमशः $1000, $700, र $500 पुरस्कार प्राप्त गर्नेछन्।

कार्यक्रमका निर्णायकहरू भुटानी शरणार्थी समुदायको सेवामा समर्पित व्यक्तित्वहरू हुनेछन्। संस्थाका कार्यकारि अध्यक्ष भरत तिम्सिनाले यो कार्यक्रमले भुटानी शरणार्थीहरूको मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्दै, सांस्कृतिक विविधताका माध्यमबाट उनीहरूको सशक्तिकरण गर्ने प्रयास रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here